बार्सिलोना थप आक्रामक, मलोर्काको पोष्टमा ५ गोल
बुधबार, १९ मङ्सिर २०८१, ०३ : ५१

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित निकालेको छ । मलोर्काको घरेलु मैदानमा बार्सिलोनाले ५-१ को जित निकालेको हो । आक्रामक पाहुना टोलीको प्रदर्शनले सुरुवातदेखि नै दबाबमा आएको मलोर्का सम्हालिन नसकेपछि घरेलु मैदानमा थुप्र गोल खान पुगेको हो ।
बार्सिलोनालाई विजयी गराउन राफिन्हा एक्लैले दुई गोल गर्दा टोरेस, डी जोङ र भिक्टरले एक-एक गोल गरे । यो जितसँगै बार्सिलोनाले शीर्षतालाई थप बलियो बनाएको छ । लिग लिडर बार्साको अहिले १६ खेलबाट ३७ अंक भएको छ भने दोस्रो स्थानको रियाल मड्रिडको ३३ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झण्डै तीन दशक अघिको खानेपानी आयोजना अझै पूरा भएन
-
ज्ञानेन्द्र शाहीको आरोप : प्रधानमन्त्री ओलीको निर्देशनमा आदित्यनाथको फोटो राख्न लगाइयो
-
‘झुम्सा खानेपानी आयोजना चाँडो सम्पन्न गर्नुको विकल्प छैन’
-
पानीको मुद्दालाई राजनीतिकरण गरियो
-
राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
-
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै