प्रधानमन्त्रीको चीन भ्रमण
चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो
मङ्गलबार, १८ मङ्सिर २०८१, १९ : ०९

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनपिङलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
मंगलबार भएको प्रधानमन्त्री ओली र राष्ट्रपति सीबिचको भेटका क्रममा सीलाई नेपाल भ्रमणको निम्तो दिइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए ।
नेपाल–चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाठको अवसरमा सन् २०२५ मा नेपाल भ्रमण गर्न राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट चिनिया राष्ट्रपतिलाई प्रधानमन्त्री ओलीले आमन्त्रण गरेका हुन् । निमन्त्रणाका लागि धन्यवाद दिँदै सीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताए ।
सोमबार चीन भ्रमण गएका प्रधानमन्त्री ओलीले मंगलबार चिनियाँ राष्ट्रपति सी र चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरेका हुन् । ओली यही मंसिर २० गते नेपाल फर्किने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बराह क्षेत्र विकास समितिका पूर्वअध्यक्ष घिमिरे जबरजस्ती करणी मुद्दामा दोषी ठहर
-
यस्तो छ ‘जन्ते बाख्रो’ को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’
-
सुदीपको न्यायको लागी पाकिस्तानी दूतावास अगाडी प्रदर्शन गरिँदै
-
कान्ति लोकपथ दैनिक ६ घण्टा बन्द हुने
-
मधेस केन्द्रित दलले भारतमा भएको आतकङ्कारी हमलाको निन्दा गरे
-
भीरबाट लडेर दुई जनाको मृत्यु