ओलीको चीन भ्रमण उपलब्धिविहीन : प्रभु साह

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण उपलब्धिविहीन हुने देखिएको दाबी गरेका छन् । नेपालबाट जम्बो टोली लिएर चीन भ्रमणमा निस्किएका प्रधानमन्त्री ओलीले एउटा एयरलाईन्सलाई विजनेस दिनुबाहेक देश र जनताको लागि उल्लेख्य उपलब्धि हासिल नदेखिएको बताए ।
चीन भ्रमणको दौरान आज (मंगलबार) प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच बेइजिङस्थित् ग्रेट हल अफ दि पिपलमा भएको भेटवार्तापछि जारी गरिएको ९ बुँदे सहमति तथा समझदारी पत्रपछि पूर्वमन्त्री साहले यस्तो टिप्पणी गरेका हुन् । अध्यक्ष साहले प्रधानमन्त्री ओलीले भ्रमणअघि नै राजनीति गर्न खोजेपछि चिनियाँ पक्षले भाउ नदिएको पनि दाबी गरे । उनले प्रधानमन्त्री ओलीले सुरुमा चीन भ्रमण भनेर नयाँ दिल्लीको भ्रमण गर्न चाहेको कुरा अहिले चीनले द्विपक्षीय सहमति तथा समझदारीमा खासै महत्त्व नदिनुले प्रस्ट भएको जिकिर गरे ।
साहले भ्रमणमा जानुअघि नै प्रधानमन्त्री ओलीले कांग्रेसलाई खुसी तुल्याएर आफ्नो सत्ता–सुरक्षित राख्न बीआरआई कार्यान्वयनको सवालमा पछि हट्ने भनेर सम्झौता गरेको कारणले चीन उड्नु एक दिनअघि कांग्रेस र एमालेबीच सहमति भएको भनिएको ‘बीआरआई फ्रेमवर्क सहमति’ बारेपनि आजको भेटवार्तामा कुनै चर्चा हुन नसकेको आरोप लगाए ।
आम जनता पार्टीको आज बसेको उपत्यका विशेष कमिटीको बैठकलाई सम्बोधन सम्बोधनको क्रममा साहले भने,‘मैले त उहाँको यो भ्रमण तीर्थयात्रामा सीमित हुन्छ भनेर धेरै पहिले नै भनेको थिएँ । आज बेइजिङमा भएको सहमति हेर्दा देशको गौरव नै धुमिल भएको अनुभूति भयो । बीआरआईको कुनै चर्चा भएन । यो भ्रमण देशको लागि उपलब्धिविहीन भयो ।।’ साहले भैँसीको मासु निर्यात गर्ने समझदारी हुनु र बीआरआईबारे चर्चा नहुनेले पनि भ्रमण कति सफल वा असफल भन्ने कुरा प्रस्ट हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल