इन्धनको मूल्य बढेसँगै हवाई भाडा बढ्यो, कहाँ कति ? (सूचीसहित)
काठमाडौँ । इन्धनको मूल्य बढेसँगै आन्तरिक हवाई भाडासमेत वृद्धि भएको छ । नेपाल आयल निगमले १५ गते हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको थियो । मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले भाडा बढाउने निर्णय गरेको हो । बढेको भाडा भोलि, १९ गतेदेखि लागू हुनेछ ।
यसअनुसार काठमाडौँबाट हुने माउन्टेन फ्लाइटमा ६५ रुपैयाँ बढेको छ । काठमाडौँ–सिमरा १५ रुपैयाँले वृद्धि भएको छ भने काठमाडौँ धनगढी ९० रुपैयाँले बढेको छ ।
त्यस्तै काठमाडौँ–विराटनगर ५० रुपैयाँ, काठमाडौँ–पोखरा ३०, काठमाडौँ भैरहवा ४०, नेपालगन्ज ६० र सुर्खेत ६५ रुपैयाँले भाडा बढेको क्यानले जनाएको छ ।