बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

डिजिटल बैंकिङ प्रवर्द्वन गर्ने लक्ष्मी सनराइज बैंकद्वारा अभियान सुरु

मङ्गलबार, १८ मङ्सिर २०८१, १६ : ४८
मङ्गलबार, १८ मङ्सिर २०८१

काठमाडौँ ।  डिजिटल बैंकिङ प्रवर्द्वन गर्नका लागि भन्दै लक्ष्मी सनराइज बैंक #DigitalDecember2024 अभियान सुरु गरेको छ । 'सहजताको नयाँ परिभाषा उपहार सँगै' नाराका साथ सुरु अभियानले बैंकका ग्राहक तथा उपभोक्तालाई डिसेम्बर महिनाभरी डिजिटल बैंकिङ अपनाउन प्रोत्साहन गर्नका लागि बिभिन्न अफरहरु प्रदान गर्नुका साथै विभिन्न स्थानहरूमा वित्तीय साक्षरता बढाउन कार्यक्रमहरु पनि गरिने बैंकले जनाएको छ । 
अभियानमा ग्राहकहरुलाई डिजिटल रूपमा सशक्त बनाउन र उनीहरुको बैँकिङ अनुभव सरल बनाउनका निम्ती निम्न प्रकारका योजनाहरु रहेका छन्:
बैंकका ग्राहकहरुलाई विशेष अफर:
•    सरलीकृत कर दाखिला: डिसेम्बर महिनाभरी मोबाईल मनी मार्फत आफ्नो PAN (स्थायी लेखा नम्बर) वा NID (राष्ट्रिय परिचयपत्र) को विवरण अद्यावधिक गरी १०० रुपैयाँ वा बढीको मोबाईल रिचार्ज गर्ने ग्राहकहरुले बैंकबाट थप १०० रुपैयाँको रिचार्ज प्राप्त गर्नेछन् । आफ्नो खातामा यसरी PAN वा NID अपडेट गर्नाले आफ्नो निक्षेपमा आर्जित ब्याजको कर कट्टी सजिलै प्रविष्ट हुनुका साथै अन्य फाइदाहरु पनि हुन्छन् ।

•    सहज बिजुली बिल भुक्तानी: मोबाईल मनी प्रयोगकर्ताहरुले सजिलै एउटा मिस-कल मार्फत आफ्नो बिजुलीको बिल तिर्न सक्नेछन् । मोबाईल मनी एपबाटै सो सेवामा आबद्व भई डिसेम्बर महिनाभरी मिस-कल मार्फत बिल भुक्तानी गर्ने ग्राहकहरुले पनि १०० रुपैयाँ रिचार्ज प्राप्त गर्न सक्ने छन् ।

•    क्रेडिट कार्डमा विशेष अफर: तॊकिएकॊ योग्यता पुगेका ग्राहकहरुले डिसेम्बर महिनाभरी क्रेडिट कार्डको आवेदन दिई सो सेवा लिएमा जारी शुल्क साथै ५ वर्षको वार्षिक शुल्कमा पनि छुट पाउनेछन् ।
लचिलो वित्तीय समाधान:

•    आज किनौं, भोली तिरौं (BNPL): क्रेडिट कार्ड ग्राहकहरुले डिसेम्बर महिनाभरी आफ्नो क्रेडिट कार्ड प्रयोग गरी ३०,००० रुपैयाँभन्दा बढिको खरिद गरेमा बिना कुनै प्रोसेसिङ शुल्क र ब्याज बिनै सो भुक्तानीलाई सरल किस्ताबन्दिहरुमा विभाजन गर्न सक्नेछन् ।

•    अन्तर-बोर्डर भुक्तानी सेवा: लक्ष्मी सनराइज बैंकका QR सेवाग्राही व्यवसायीहरु (Fonepay Merchants) ले विभिन्न भारतीय मोबाइल वालेट मार्फत डिसेम्बर महिनाभरी भुक्तानी 

 अभियानको एक मुख्य भाग "डिजिटल संवाद" पनि रहेको बैंकले जनाएको छ । जस अन्तर्गत बैंकले अन्य डिजिटल वित्तीय सेवाप्रदायकहरु सँगको सहकार्यमा देशका विभिन्न स्थानहरूमा वित्तीय चेतना सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमहरु आयोजना गर्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप