ईसेवाको ब्राण्ड प्रवर्द्धकको रूपमा रोहित कुमार पौडेलको निरन्तरता

काठमाडौँ । ईसेवाले आफ्नो ब्राण्ड प्रवर्द्धकको रूपमा गत वर्ष अनुबन्धित नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेललाई यस वर्ष पनि पुनः अनुबन्ध गरेको छ । विगत एक वर्षदेखि ईसेवाको ब्राण्ड प्रवर्द्धकका रूपमा अनुबन्धित भएका पौडेलसँगको सम्झौताको अवधि पुनः थप गरिएको हो ।
आइतबार पुल्चोक ललितपुरमा अवस्थित ईसेवाको प्रधान कार्यलयमा ईसेवाका प्रमुख कार्यकारी अधिकृत (सी.ई.ओ) जगदीश खड्का र रोहित कुमार पौडेल बिच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । ब्राण्ड प्रवर्द्धकको यात्रालाई निरन्तरता दिन पाउँदा कप्तान पौडेलले खुसी व्यक्त गर्दै यो साझेदारीलाई एउटा नयाँ आयाम दिनेबारे विश्वस्त रहेको बताए ।
ईसेवाका सीइओ जगदीश खड्काले नेपाली क्रिकेटलाई अगाडि बढाउनमा महत्त्वपूर्ण योगदान दिँदै आएका नेपालको राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलजस्ता प्रतिभाशाली व्यक्तित्वलाई ब्राण्ड प्रवर्द्धकका रूपमा निरन्तरता दिन पाउनु आफैमा गर्वको विषय भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादीको उद्दण्डताले नजिकिए गणतन्त्रवादी दल, बुन्दै रणनीति
-
जन्मदर्ता नहुँदा मारमा सडक बालबालिका
-
राजावादी आन्दोलन र माओवादी दायित्व
-
स्वास्थ्यमन्त्री पौडेलले भने– समय बाँकी छँदै अधिकतम प्रगति देखिनेगरी काम गर्नुस्
-
सांसद बोहराको निधनमा सिद्धार्थनगरले शोक बिदा दिने
-
पत्रकार सुरेश रजकको शव एक्सरे गरेपछि मात्र पोष्टमार्टम गर्ने चिकित्सकको अडान