होटेललाई उद्योगको मान्यता दिन व्यवसायीहरूको माग
![होटेललाई उद्योगको मान्यता दिन व्यवसायीहरूको माग](https://npcdn.ratopati.com/media/news/interaction-program_hFQAMMEHtR.jpg)
काठमाडौँ । व्यवसायीहरूले होटेल क्षेत्रलाई उद्योगको मान्यता दिन माग गरेका छन् । ‘स्टाट्स अफ नेपलिज् होटल्सः प्रस्पेक्ट्स एण्ड च्यालेन्जेज’ विषयक कार्यशाला गोष्ठीमा व्यवसायीहरूले होटेल क्षेत्रलाई उद्योगको मान्यता दिएर सोही अनुरुम व्यवहार गर्न माग गरेका छन् ।
कार्यक्रममा होटेल व्यवसायलाई उद्योगको मान्यता दिनुपर्ने, कानुनी जटिलता हटाउने, विमानस्थल र सडक सञ्जालहरू चुस्त दुरुस्त हुनुपर्नेमा जोड दिइयो । होटेल व्यवसायीहरूले सरकारबाट स्पष्ट नीतिगत निर्देशिका माग गरेका छन् । तारे होटेलको मापदण्ड पुनरावलोकन, इन्धन र विद्युतमा सहुलियतजस्ता विषय पनि व्यवसायीहरूले उठाएका छन् ।
होटेल संघका अध्यक्ष विनायक शाहले होटेल व्यवसायको समग्र सुधारका लागि सरकारी तथा निजी क्षेत्रबिच आपसी विश्वास र सहकार्यलाई अझ सुदृढ गर्नुपर्ने बताए । उनले भने, ‘होटेल क्षेत्रले अझै पनि उद्योगको मान्यता पाएको छैन । सरकारले यसप्रति हेर्ने दृष्टिकोण पनि फेरिनुपर्यो ।’
शाहले नेपालमा होटेलहरूको सङ्ख्या र पर्यटकहरूको आगमनको अनुपातमा ठुलो असन्तुलन रहेको पनि औँल्याए । हाल नेपालमा वार्षिक ३०–३५ लाख पर्यटक राख्न सक्ने क्षमता भए पनि आगमन सङ्ख्या करिब १०–१५ लाखमै सीमित रहँदा होटेल क्षेत्रको भविष्य जोखिममा रहेको उनको भनाइ थियो ।
यसका साथै उनले होटेलहरूमा एमआरपी सम्बन्धी समस्या रहेको उल्लेख गरे । हवाई भाडा महँगो हुनु, होटेलको सेवा मूल्यमा गिरावट आउनु र डिसेम्बर–जनवरी महिनामा बुकिङ घट्नुले होटेल व्यवसाय थप समस्यामा परेको शाहको भनाइ थियो ।
पर्यटन सचिव डा. गणेशप्रसाद पाण्डेले वार्षिक पर्यटनको लक्ष्य राखेर हरेक वर्ष सुधारमा ध्यान दिइँदै पर्यटन दशक मनाइने धारणा राखे । पर्यटक बसाइँको अवधि बढाउन नयाँ होटेल थप्नेभन्दा सेवा र अनुभव सुधार्न केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी राष्ट्रपति पुटिनसँग फोन वार्तापछि युक्रेन युद्धबारे के भने ट्रम्पले ?
-
नगरको नारा, ‘एक घर एक धारा’
-
रातोपाटी ब्रिफिङ : राजीनामा बुझाएका व्यक्ति एआईजी बढुवादेखि मेलम्चीको पाइप फुटेपछि काठमाडौं जिल्ला अदालतका फाँटमा क्षतिसम्म
-
कोशी प्रदेशका ७ वटा स्थानीय तहले दिए सार्वजनिक बिदा
-
जनयुद्ध दिवसको पूर्व सन्ध्यामा वाइसिएलद्वारा पेरिसडाँडामा दीप प्रज्वलन
-
जनयुद्ध दिवसमा गण्डकी गाउँपालिकाले पनि दियो सार्वजनिक बिदा