नेपाल एसबिआई मर्चेण्टको सञ्चालक समितिको अध्यक्षमा आनन्द
![नेपाल एसबिआई मर्चेण्टको सञ्चालक समितिको अध्यक्षमा आनन्द](https://npcdn.ratopati.com/media/news/aa_BinQg1etUm.jpg)
काठमाडौँ । नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडको सञ्चालक समितिको ६६ औँ बैठकले विकास आनन्दलाई समितिको अध्यक्ष पदमा सर्वसम्मतिबाट चयन गरेको छ । आनन्दलाई नेपाल एसबिआई बैंक लिमिटेडको तर्फबाट सञ्चालकको रूपमा मनोनीत गरी पठाइएको हो ।
आनन्द नेपाल एसबिआई बैंक लिमिटेडको प्रमुख सञ्चालन अधिकृतको पदमा कार्यरत रही नेपाल एसबिआई बैंक लिमिटेडको केन्द्रीय सञ्चालन, मानव संसाधन, कर्जा प्रशासन, सामान्य सेवा तथा कानुन लगायतका मामिला हेर्छन् । उनले प्रचलित कम्पनी ऐन बमोजिम गोप्यता तथा इमानदारिताको शपथ ग्रहण गरेका छन् ।
शपथ ग्रहण कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडको सञ्चालकहरू राजेश कुमार पांडा, छपि राज पन्त, स्वतन्त्र सञ्चालक नन्दन हरि शर्मा, प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल तथा कम्पनीको कम्पनी सचिव खगेश्वर भट्ट लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी राष्ट्रपति पुटिनसँग फोन वार्तापछि युक्रेन युद्धबारे के भने ट्रम्पले ?
-
नगरको नारा, ‘एक घर एक धारा’
-
रातोपाटी ब्रिफिङ : राजीनामा बुझाएका व्यक्ति एआईजी बढुवादेखि मेलम्चीको पाइप फुटेपछि काठमाडौं जिल्ला अदालतका फाँटमा क्षतिसम्म
-
कोशी प्रदेशका ७ वटा स्थानीय तहले दिए सार्वजनिक बिदा
-
जनयुद्ध दिवसको पूर्व सन्ध्यामा वाइसिएलद्वारा पेरिसडाँडामा दीप प्रज्वलन
-
जनयुद्ध दिवसमा गण्डकी गाउँपालिकाले पनि दियो सार्वजनिक बिदा