जाडोयाममा हिटर प्रयोग गर्दा के–कस्ता कुरामा ध्यान दिने ?

काठमाडौँ । देशभर चिसो बढेको छ । चिसो बढेसँगै विद्युतीय हिटर प्रयोग गर्नेको संख्या पनि बढ्छ ।
चिसो महिनामा कोठालाई न्यानो बनाउन, आफूलाई तातो बनाउन दाउरा बाल्ने, हिटर राख्ने गर्छौं, एसी लगाउने, कोइला बाल्ने, दाउरा बाल्ने, झ्याल ढोका थुन्ने गरी कोठालाई न्यानो बनाउने गरिन्छ । तर यी सामाग्री प्रयोग गर्दा ध्यान दिन नसकेमा अप्रिय घटना पनि हुन सक्छ । यस्ता सामाग्री प्रयोग गर्दा कन्सल्टेन्ट फिजिसियन डा. रोशन कुमार झाका यस्ता छन् सुझावः
–जहाँ हावाको आवातजावत छैन, त्यहाँ आगो बाल्नु हुँदैन वा कुनै पनि किसिमको फ्युल बाल्नु हुँदैन । हिटर, फ्युल बाल्ने, आगो बाल्ने राम्रोसँग हावा पास हुने कोठा हुनुपर्छ ।
–कतिपयले बन्द कोठामा हिटर बाल्छन् । तर त्यो राम्रो होइन । घरभित्र कोइला, आगो, हिटर सकेसम्म प्रयोग नगर्ने, प्रयोग गर्नै परेमा भेन्टिलेटर भएको हुनुपर्यो । हावाको आवतजावत हुनुपर्यो ।
–इलेक्ट्रिक हिटर बाल्ने भए भाँडामा पानी पनि राख्नुपर्छ ।
–गिजर प्रयोग गर्नुपरेमा हावा आवतजावत हुनुपर्छ । यदि कुनै किसिमको गन्ध आउँछ भने तुरुन्त झ्याल ढोका खोल्नु पर्छ । तुरुन्त गिजरलाई बन्द गर्नुपर्छ र त्यहाँ बस्नु हुँदैन ।
–घरको बाथरुममा कसैले ग्याँस गिजर प्रयोग गरिरहेको छ भने बाहिर कोही मान्छे सचेत भएर बस्नु पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा