यी ठाउँमा सरकारले लगानी नगर्ने, ऋण पनि नदिने
काठमाडौँ । सरकारले ६ वटा क्षेत्रमा सेयर पुँजी लगानी तथा ऋण प्रवाह नगर्ने भएको छ । सरकारले सेयर तथा ऋण लगानीसम्बन्धी नीति २०८१ जारी गर्दै त्यस्तो क्षेत्र तथा उपकरणमा लगानी बन्द गर्ने उल्लेख गरेको हो ।
यस अनुसार बहुराष्ट्रिय निकायमा नेपालले ऋण लगानी गर्ने छैन । त्यस्तै, व्यक्तिलाई सीधै ऋण लगानी समेत गर्ने छैन । त्यस्तै, स्वदेशी तथा विदेशी धितोपत्र बजारमा समेत नगर्ने सरकारको नीति छ ।
क्षेत्रगत रूपमा तीनवटा क्षेत्रमा सरकाले लगानी नगर्ने भएको छ । यसमा मदिरा तथा सुर्तीजन्य वस्तु, उत्पादन तथा बिक्री वितरणमा हुने लगानी, क्यासिनो तथा जुवाघर तथा यस्तै किसिमका सट्टेबाजी गर्ने व्यवसायमा हुने लगानी तथा वैदेशिक रोजगार व्यवसायमा हुने लगानी समेत सरकारले नगर्ने नीति लिएको छ ।
यसअघि गत असोज २२ गतेको मन्त्रिपरिषद् बैठकले नै उक्त नीति स्वीकृत गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार सरकारले अहिले नीति सार्वजनिक गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
-
अध्यादेशको प्रतिरक्षा गर्न एमाले सांसदहरूलाई प्रशिक्षण
-
कांग्रेसको प्रदेश समन्वय विभागमा १० सदस्य मनोनीत
-
मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम
-
गृहमन्त्रीले भने, ‘सशस्त्रका जवानलाई १६ वर्षमा अवकाश दिने गरी कानुन बन्दैछ’
-
सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न समितिको निर्देशन