बीबीसीको सय महिलाको सूचिमा नेपालकी शिलशिला आचार्य
![बीबीसीको सय महिलाको सूचिमा नेपालकी शिलशिला आचार्य](https://npcdn.ratopati.com/media/news/shilshila-acharya_uK2UEeOQqp.jpg)
काठमाडौँ । बीबीसीले सन् २०२४ को लागि विश्वभरका सय जना प्रेरक र प्रतिभाशाली महिलाहरूको सूची सार्वजनिक गरेको छ । यो सूचीमा नेपालकी शिलशिला आचार्य पनि परेकी छिन् । आचार्यलाई सस्टेनेबिलिटी आन्त्रप्रेनरको सूचीमा सूचीकृत गरिएको छ ।
आचार्यले नेपालमा सबैभन्दा ठुलो प्लाष्टिक रिसाइक्लिङ नेटवर्क चलाउँछिन् । उनको फोहोर व्यवस्थापन कम्पनी अभ्नी भेञ्चरमा सीमान्तकृत समुदायका मानिसहरूलाई रोजगारी दिइरहेको छ । महिलाहरूलाई यो क्षेत्रमा ल्याउनमा उनले जोड दिँदै आएकी छिन् ।
सन् २०१४ मा म आफ्नै झोला बोक्छु भन्ने अभियानमा पनि आचार्यले अग्रणी भूमिका निर्वाह गरेकी थिइन् । यो अभियानपछि दोकानहरूमा प्लाष्टिकका झोलालाई बन्देज गरिएको थियो । आचार्यले वार्षिक रुपमा हिमालय क्षेत्रको सरसफाइ अभियान चलाउँदै आएकी छिन् । सन् २०१९ यता यस अभियानमा ११९ टन फोहोर संकलन गरिएको छ ।
यस वर्षको सूचीमा नोबेल शान्ति पुरस्कार विजेता विद्वान नादिया मुराद, बलात्कार पीडित र अभियानकर्ता गिसेल पेलिकाउट, अभिनेत्री शेरोन स्टोन, ओलम्पियन एथलीट रेबेका एन्ड्रेड र एलिसन फेलिक्स, गायक राई, दृश्य कलाकार ट्रेसी एमिन, जलवायु अभियानकर्ता अडेनिके ओलादुसु र लेखक क्रिस्टिना रिवेरा गार्जा पनि परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता