प्रधानमन्त्री ओली बेइजिङमा व्यस्त, भएन बीआरआईबारे छलफल
चीन । चार दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बेइजिङमा व्यस्त बनेका छन् । व्यस्त कार्यतालिकाअनुसार मंगलबार बिहान उनले चिनियाँ समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका छन् । तर, उक्त भेटवार्तामा चीनको विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीरआआई) कुनै छलफल र कुराकानी नभएको बताइएको छ ।
यस्तै दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा भएको दुई पक्षीय सहमति पत्रमा हस्ताक्षर हुँदा पनि बीआरआईको विषय उल्लेख छैन ।
नेपालबाट प्रधानमन्त्री ओली चीन आउनुभन्दा पहिले नै नेपालमा बीरआरआईका बारेमा उनले दिएको अभिव्यक्तिपछि चिनियाँ पक्षले चित्त दुखाएका थिए । एमालेले आयोजना गरेको जागरण सभामा ओलीले बीरआरआईमा सम्झौता नहुने तर अनुदानमा मात्र लिने कुरालाई चिनियाँहरूले गम्भीर रूपमा लिएका थिए ।
सत्ताधारी दल कांग्रेसले समेत बीरआईमा अनुदानको कुरा गरेपछि बीरआईको विषयमा चिनियाँ पक्षले चासो नदिएको बुझिएको छ ।
सिचुवान प्रान्तस्थित दक्षिण एसियाली अध्ययन केन्द्र अन्तर्गत नेपाल अध्येता मा स्याओले प्रधानमन्त्री ओलीको भ्रमणमा बीरआईको छलफल नहुनु सामान्य भएको प्रतिक्रिया दिए ।
उनले भने, ‘प्रधानमन्त्री ओलीले नेपालमा बीरआरआईका बारेमा दिएको अभिव्यक्तिले चीनले चासो राखेको थियो ।’ प्रधानमन्त्री ओलीले यसबारेमा दिएका अभिव्यक्तिबारे नेपाली भाषामा प्रकाशित सामग्रीलाई चिनियाँ पक्षले आफ्नो भाषामा अनुवाद गरेर चीन सरकारका मातहतका निकायमा समेत प्रेषित गरेका थिए ।
‘त्यसैले, चीनले नेपालको आशय राम्रोसँग बुझेको छ,’ अध्येता माले भने, ‘चीनले नेपाललाई अहिले नै बीरआइआई मार्फत अनुदान दिनेबारे दुई पक्षीय छलफल नै अपुरो छ ।’
केही दिनअघि नेपालका परराष्ट्रमन्त्री आरजु देउवा राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबिच छेन्दुमा भएको भेटघाटमा पनि बीआरआईका कुनै सहमति जुट्न सकेको थिएन ।
यस्तो पृष्ठभूमिमा सोमबार बेइजिङ पुगेका ओली मंगलबार बिहान सबैभन्दा पहिले चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका थिए ।
त्यसबखत चिनियाँ जनमुक्ति सेनाको गार्ड अफ अनर दिएका थिए । स्वागत लगत्तै जनबृहत सभा भवनमा दुई पक्षीय वार्ता र सहकार्यसम्बन्धी सहमति हस्ताक्षरमा सहभागी भए । दुवै प्रधानमन्त्रीको भेटमा आठ बुँदामा हस्ताक्षर भएको थियो । चिनियाँ समयअनुसार मध्यान्हभन्दा अगाडि वार्तामा नेपाल र चीनका तर्फबाट १३ जना उच्च अधिकारीहरु सहभागी भएका थिए ।
करिव ४५ मिनेटसम्म चलेको वार्ता र सहमति हस्ताक्षर पछि प्रधानमन्त्री ओलीको स्वागतमा चिनियाँ प्रधानमन्त्रीले जनबृहत सभा भवनमा दिवा भोजको आयोजना गरेका गरेका थिए ।
दिवाभोज लगत्तै थिआनआनमन स्क्वायरको बीचमा रहेको चिनियाँ जनक्रान्तिका सहीद स्मारकमा पुगेर पुष्पाहार अर्पण गर्न पुगेका थिए ।
त्यसपछि ओलीले आजै तीन बजे जन बृहनतसभा भवनमै चिनियाँ राष्ट्रिय जनकंग्रेका अध्यक्ष चाउ लचीसँग भेटवार्ता गर्न पुग्ने । अध्यक्ष लचीसँगको भेट लगत्तै उनले चिनियाँ राष्ट्रपति सी चिनफिङ पनि भेटवार्ता गरे ।
ओलीको बेइजिङमा सीसँग तेस्रो भेट
पहिलो पटक प्रधानमन्त्री हुँदा ओली २०७२ चैत ७ देखि १४ सम्म चीनको औपचारिक भ्रमणमा गएका बेला सीसँग भेट गरेका थिए । त्यसपछि दोस्रो पटक २०७५ मा प्रधानमन्त्री भएपछि २०७५ असार ६ गने सीसँग दोस्रो पटक भेटवार्ता गरेका थिए । तेस्रो पटक प्रधानमन्त्री भएपछि चार दिने चीन भ्रमणका क्रममा ओलीले आज पुनः भेटवार्ता गरेका हुन् ।
यसअघि, राष्ट्रपति सी २ दिने नेपाल भ्रमणमा जाँदा २०७६ असोज २६ मा पनि ओलीसँग भेट भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पवन कार्की समूहले खडा गर्यो छुट्टै टिम, अध्यक्ष वा महासचिवसहित ५० प्रतिशत दाबी
-
कोशी प्रदेशलाई हराउँदै पहिलो स्थानमा उक्लियो आर्मी
-
फागुनमा उपत्यकाव्यापी कराँते प्रतियोगिता हुने
-
संसदीय समितिलाई बन्दी बनाउनु हुँदैन : जनार्दन शर्मा
-
आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत
-
गत वर्षको तुलनामा बढ्यो चिया निर्यात