टोखा–छहरे सुरुङमार्ग निर्माण गर्न चीनसँग समझदारी पत्रमा हस्ताक्षर
मङ्गलबार, १८ मङ्सिर २०८१, १३ : ५५

काठमाडौँ । टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको उपस्थितिमा मंगलबार समझदारी पत्रमा हस्ताक्षर गरी आदानप्रदान गरिएको हो ।
त्यसैगरी विभिन्न विकास योजनासम्बन्धी समझदारी पत्रमा समेत हस्ताक्षर भएको छ ।
यसअघि२०७६ मा असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला टोखा–छहरे सुरुङ निर्माणको प्रस्ताव राखिएको थियो।
राष्ट्रपति सीले सुरुङमार्ग निर्माणमा सहयोग गर्ने सकारात्मक प्रतिक्रिया दिएका थिए। सोही अनुसार २०७६ पुसमा चिनियाँ टोलीले सुरुङमार्गको अध्ययनका लागि नेपाल आएको थियो ।
काठमाडौंलाई उत्तरी नाका रसुवागढी जोड्ने छोटो दूरीको रूपमा टोखा–छहरे सुरुङमार्गलाई लिइएको छ । यसको कुल लम्बाई करिब चार किलोमिटर हुने अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति समाधान होइन: उपमहासचिव ज्ञवाली
-
प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम चैत ७ गते
-
नेशनल इभेन्ट म्यानेजमेन्ट एसोसिएसनको अध्यक्षमा रवि धमला
-
अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
-
राजावादीहरूले टाउको उठाउनुमा सबैभन्दा बढी खोट कम्युनिस्टमै देख्छु : जगन्नाथ खतिवडा
-
यी हुन्, नेविसंघले हालसम्म निर्विरोध जितेका स्ववियु अध्यक्ष र क्याम्पस (सूचीसहित)