करिब ७ लाख मूल्य बराबरको रुद्राक्षको दाना बरामद
मङ्गलबार, १८ मङ्सिर २०८१, १२ : २६

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१३ शिवधारा स्थित कोशी लोकमार्गबाट करिब ६ लाख ८८ हजार रुपैयाँ बराबरको रुद्राक्षको दाना सशस्त्र प्रहरीले आज बरामद गरेको छ ।
धरानबाट धनकुटातर्फ जाँदै गरेको यात्रुवाहक बसलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश धरानको चेकप्वाईन्ट टोलीले शङ्का लागि जाँच गर्दा बिलविजक नभएको ३ सय ४४ के।जी रुद्राक्षको दाना फेला परेपछि बरामद गरेको हो ।
बरामद रुद्राक्षको दाना आवश्यक कारबाहीको लागि राजश्व कार्यालय इटहरी सुनसरीमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता