रुसमा बजेटको एक तिहाइ रक्षा बजेट
मङ्गलबार, १८ मङ्सिर २०८१, ११ : ०७
![रुसमा बजेटको एक तिहाइ रक्षा बजेट](https://npcdn.ratopati.com/media/news/vladimir-putin_3u9fLOo9Bh.jpg)
मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कीर्तिमानी रक्षा बजेट पारित गरेका छन् । सरकारले कुल खर्चको एक तिहाइ रकम रक्षा बजेट छुट्याएको छ ।
सन् २०२५ को लागि रुसले रक्षा क्षेत्रका लागि भने १ खर्ब २६ अर्ब डलर (१३५ खर्ब रुबल) विनियोजन गरेको छ । यो भनेको सरकारको कुल खर्चको साढे ३२ प्रतिशत हो ।
यो अघिल्लो पटक पारित भएको बजेटभन्दा २८ अर्ब डलर धेरै हो । तर सन् २०२६ र सन् २०२७ को लागि भने अनुमानित बजेट केही कम छ । रुसको संसद्को दुवै सदनका सांसदहरूले यो बजेटलाई अनुमोदन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपिन जोशीलाई छुटाउन प्रधानमन्त्री र राष्ट्रपतिको तर्फबाट पहल गर्दा हुँदैन ?
-
कालीकोटमा ट्रक दुर्घटना, एक जनाको मृत्यु
-
‘डेब्यू’ खेलमै कप्तानको जिम्मेबारी पाउने भाग्यमानी क्रिकेटर !
-
कैलारीमा थेगिनको लापरबाही : सुर्मीनाला मोटरेबल पुल अलपत्र
-
वार्नर ब्रोजले युट्युबमा हाल्यो फूल लेन्थका ३१ फिल्म
-
तस्बिरमा हेर्नुहोस् ढलले ढाकिएको 'माइतीघर सडक'