मस्कलाई ५६ अर्ब डलर तलब दिने प्रस्ताव दोस्रो पटक अस्वीकृत

क्यालिफोर्निया । अमेरिकी खर्बपति व्यापारी तथा विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कलाई ५६ अर्ब डलर बराबरको तलब सुविधा दिने प्रस्ताव अस्वीकृत भएको छ ।
डेलावेयरका एक अदालतका न्यायधीसले मस्कलाई सो बराबरको तलब सुविधा दिने प्रस्तावलाई पुनःस्थापित गर्न अस्वीकार गरेका छन् । यही वर्षको गर्मीयाममा यो प्रस्तावलाई कम्पनीका शेयरधनी र सञ्चालक समितिका सदस्यहरूले अनुमोदन गरेका थिए । महिनौँसम्मको कानूनी खिचातानीबिच अदालतले यो निर्णय गरेको हो ।
न्यायाधीश क्याथलिन म्याककोर्मिकले जनवरीमा आफूले गरेको निर्णयलाई यथावत् राखेकी छिन् । अघिल्लो फैसलामा पनि उनले सञ्चालक समितिका सदस्यहरू मस्कको निकै प्रभावमा रहेको भन्ने तर्क गरेकी थिइन् । यो फैसलाप्रति प्रतिक्रिया जनाउँदै मस्कले आफ्नो माइक्रो ब्लगिङ वेबसाइट एक्समा ‘कम्पनीको मतलाई शेयरधनीहरूले नियन्त्रण गर्नु पर्छ, न्यायाधीसहरूले होइन,’ भनेर एउटा पोस्ट लेखेका छन् ।
यो फैसला गलत भएको भन्दै योविरुद्ध पुनरावेदन अदालत जाने टेस्लाले भनेको छ । टेस्लाले सन् २०१८ मा मस्कलाई ५६ अर्ब डलरसम्मको तलब सुविधा दिने प्रस्ताव ल्याएको थियो । तर त्यसयता कम्पनीले सो तलब सुविधा उचित छ भनेर प्रमाणित गर्न असफल भएको म्याककोर्मिकले भनेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताप्लेजुङमा ६ वर्षीया बालिकाको डुबेर मृत्यु
-
रामनवमीका दिन मासु पसल बन्द गर्ने उत्तरप्रदेश सरकारको सरकारको निर्णय
-
गैरआवासीय नेपालीलाई लगानीका लागि उद्योगमन्त्री भण्डारीको आग्रह
-
पोखरामा केपी ओली कप क्रिकेट हुने, विजेतालाई १० लाख
-
राजावादीहरूको हिंसात्मक आन्दोलनको विरोधमा नेविसंघको प्रदर्शन
-
पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु