नेपालमा उत्पादन हुने ६० प्रतिशत अदुवा निर्यात
काठमाडौँ । नेपाली अदुवाले अन्तर्राष्ट्रिय बजारमा सम्भावना देखाएको छ । मसला बालीको रूपमा हेरिने अदुवाले अन्तर्राष्ट्रिय स्तरमा राम्रो बजार पाएको छ । तर नेपालमा यसको प्रवर्द्धन र विकास भने खासै हुन सकेको देखिँदैन । नेपालमा अदुवाको माग र खपत कति हुन्छ भन्ने यकिन तथ्याङ्क सरकारी निकायसँग पनि खासै भेटिँदैन ।
नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत अदुवा बाली अनुसन्धान कार्यक्रम कपुरकोट, सल्यानले प्रकाशित गरेको ‘अदुवा उत्पादन प्रविधि’ नामक अध्ययन पुस्तिकामा नेपालको कुल अदुवा उत्पादनको ६० प्रतिशत भाग निर्यात हुने गरेको उल्लेख छ । बाँकी ४० प्रतिशत उत्पादन आन्तरिक बजारमा खपत हुने गरेको अनुमान गरिएको सो अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
सो अध्ययन प्रतिवेदन अनुसार बाह्य बजारमा अदुवाबाट बनेका विभिन्न खाद्यवस्तुहरूको माग पनि हुने गरेको पाइन्छ । अदुवा नेपालको मध्यपहाडी क्षेत्रका कृषकहरूका लागि एउटा महत्त्वपूर्ण नगदे बालीको रूपमा स्थापित छ । पछिल्लो समय तराई क्षेत्रमा पनि अदुवा खेतीको केही मात्रमा पाइन्छ ।
विशेषतः सल्यान, पाल्पा, इलाम, नवलपरासी, तनहुँ, कास्की, स्याङ्जा, भोजपुर लगायत जिल्लामा अदुवा खेती गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी हिक्मतकुमार श्रेष्ठ बताउँछन् । यीमध्ये केही जिल्लामा अदुवा जोनको रूपमा घोषणा गरी खेती विस्तार गरिएको उनको भनाइ छ ।
अदुवा बजार राम्रो भए पनि जात विकासदेखि लिएर यसको बीउ उत्पादन र संरक्षणमा समस्या रहेको उनी बताउँछन् । ‘पाँचदेखि ६ ठाउँमा अदुवा तथा बेसार जोन छ,’ उनले भने, ‘अदुवाको बजार राम्रो छ, तर उत्पादन बढाउन सकिएको छैन ।’
नेपालमा वार्षिक रूपमा २१ देखि २३ हजार हेक्टर क्षेत्रफलमा अदुवा खेती हुँदै आएको छ । यो क्षेत्रफलबाट वार्षिक रूपमा करिब ३ लाख मेट्रिक टन अदुवा उत्पादन हुँदै आएको सरकारी तथ्याङ्क छ । श्रेष्ठका अनुसार अदुवाको उत्पादन बढाउन सकेमा अन्तर्राष्ट्रिय व्यापारको सम्भावना राम्रो छ ।
श्रेष्ठका अनुसार अदुवाको कपुरकोट–१ र कपुरकोट–२ जात छ । यो जात स्थानीय जातबाट बनाएको बीउ हो । यी बाहेक परम्परागत रूपमा किसानले लगाउँदै आएका अदुवाका जात पनि छन् । उनका अनुसार नेपालमा स्थानीय रूपमा आफ्नै परम्परागत रूपमा बीउ संरक्षण गरी बर्सेनि घरायसी प्रयोजनका लागि रोप्ने गरेको पाइन्छ ।
नेपालमा वार्षिक रूपमा २१ देखि २३ हजार हेक्टर क्षेत्रफलमा अदुवा खेती हुँदै आएको छ । यो क्षेत्रफलबाट वार्षिक रूपमा करिब ३ लाख मेट्रिक टन अदुवा उत्पादन हुँदै आएको सरकारी तथ्याङ्क छ । श्रेष्ठका अनुसार अदुवाको उत्पादन बढाउन सकेमा अन्तर्राष्ट्रिय व्यापारको सम्भावना राम्रो छ ।
नेपालका साथै भारत, चीन, नेपाल, पाकिस्तान, जापान, ताइवान, मलेसिया, इन्डोनेसिया, अस्ट्रेलिया, मौरिसस, सिरिया लीओन, जमाइका, नाइजेरिया लगायत मुलुकमा अदुवा उत्पादक राष्ट्रको रूपमा लिइन्छ ।
अदुवा उत्पादन र क्षेत्रफलको विवरण:
नेपाली अदुवाले अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो स्थान पाएको छ । वार्षिक रूपमा ६ हजारदेखि २३ हजार मेट्रिक टन अदुवा नेपालबाट निर्यात हुने गरेको छ । योबापत नेपाललाई वार्षिक १ अर्ब २२ करोड रुपैयाँ बराबर आम्दानी हुने गरेको भन्सार विभागको तथ्यांकको छ । राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली विकास केन्द्रका बाली विकास अधिकृत विकास खरेलका अनुसार अदुवा बाली निर्यातमुखी बलीमध्ये प्रमुख पर्दछ । ‘अदुवा हाम्रो निर्यातमुखी बाली नै हो, गत वर्ष १ अर्ब १७ करोड बराबरको अदुवा निर्यात भएको छ,’ उनले भने, ‘बाहिर पठाउनका लागि अदुवाको जम्मा दुईवटा जात कपुरकोट–१ र कपुरकोट–२ सूचिकृत छन् ।’ खरेलले पनि नेपालमा अदुवाको उत्पादन बढाउन सकेमा आयस्रोत राम्रो बन्न सक्ने बताए ।
अदुवाको निर्यातको विवरण:
कृषि क्षेत्रको अदुवा पनि एउटा मुख्य निर्यातमुखी बाली बन्दै गएको छ । अदुवा अन्तर्राष्ट्रिय बजारमा पठाउनका लागि गुणस्तरीय बीउको उपलब्धता, उत्पादनको क्षेत्र पहिचान गरी अदुवा बालीको उत्पादन बढाउनु पर्ने देखिएको छ । यसमा स्थानीय तहको मुख्य भूमिका रहेको जानकारहरूको भनाइ छ । ‘गुणस्तरीय अदुवाको बीउ उपलब्धता हुन आवश्यक छ, जुन स्थानीय तहले यो कार्य गर्नुपर्ने देखिएको छ,’ अधिकृत खरेलले रातोपाटीसँग भने, ‘कार्यक्रम ल्याउनु पर्ने देखिएको छ, भारतमा धेरै मात्रमा अदुवा निर्यात हुन्छ, अदुवाको क्षेत्र पहिचान गरी थप उत्पादनमा जोड दिनुपर्छ, स्थानीय तहबाट उत्पादन र प्रवर्धनको कार्य गर्नुपर्ने छ ।’
नेपालबाट अदुवा निर्यात मात्रै नभई केही मात्रमा आयात पनि भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । नेपालमा उत्पादित अदुवा भण्डारणको समस्या हुँदा ‘अफ सिजन’ मा भारतबाट आउने गरेको छ । वार्षिक ६ सय मेट्रिक टन देखि साढे ८ सय मेट्रिक टन अदुवा आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । यसबापत ११ करोडदेखि २६ करोड रुपैयाँसम्म वार्षिक रूपमा बिदेसिने गरेको छ ।
अदुवा आयात विवरण:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ६ महिनामा दुई सय १३ जना पक्राउ
-
दुई वर्षमा सूर्यविनायक–धुलिखेल सडक निर्माण ३५ प्रतिशतमात्र
-
चीनबाट आउने सामानमा अतिरिक्त महसुल लगाउँदै ट्रम्प
-
प्रादेशिक अस्पताल गौरमा पहिलो पटक आङ खस्ने रोगको अपरेसन
-
सिरहाबाट नलकटुवा पेस्तोलसहित दुई जना पक्राउ
-
भारत र अमेरिकाका विदेशमन्त्रीहरूको भेटवार्तामा के भयो कुराकानी ?