फ्रान्समा वामपन्थीहरुले पारे प्रधानमन्त्रीलाई अफ्ठ्यारो
मङ्गलबार, १८ मङ्सिर २०८१, ०१ : २३

काठमाडौं । सामाजिक सुरक्षाको बजेट पारित गर्न ल्याएको विधेयक अघि बढाउन शक्तिको उपयोग गर्दा फ्रेन्च प्रधानमन्त्री मिचेल बार्नियरले अविश्वास मतको सामना गर्नु परेको छ ।
संसदमा भएको हंगामा बुधबारसम्म लम्बिने बताइएको छ । बजेटमा बार्नियरले भारी करवृद्धि र खर्चमा व्यापक कटौती गर्दै विधेयक ल्याएका थिए । उनको कदममा वामपन्थी सांसदहरुले तगारो हालेका छन् । बार्नियरले २०२५ को बजेट अघि बढाउनका लागि फ्रान्सको संविधानको अनुच्छेद ४९.३ को उपयोग गरेका छन् । जसले विना भोटिङ विधेयक पारित गर्नका लागि अनुमति दिएको छ ।
बार्नियरले सांसदहरुलाई भनेका छन्, ‘मलाई लाग्दैन कि देशको भविष्यको साटो पार्टी हितलाई प्राथमिकता दिँदा फ्रान्सेली नागरिक हामीलाई माफ गर्लान् ।’ हामी सबैले आ-आफ्नो जिम्मेवारी निर्वाह गर्नु पर्ने सुझाव उनले दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्षपछि पोखरामा पिउने पानी पूरै शुद्ध बनाउन सकिन्छ
-
प्रिमियरमा ‘फेरि रेशम फिलिली’ : कसले के भने ?
-
महाशिवरात्रि : जीवनको सर्वोत्तम व्रत
-
पैसा तिरेर पानीसँगै रोग किनिरहेका छौँ
-
सूर्यविनायकमा पूजा गर्दै ‘माग्ने राजा’ को छायाङ्कन सुरु
-
नेतन्याहूले दक्षिणी सिरियालाई सैन्यमुक्त गर्ने सुझाव दिएपछि विरोध प्रदर्शन