प्रहरीका ४५५ हवल्दारलाई वरिष्ठ हवल्दार पदमा बढुवा गर्न सिफारिस
सोमबार, १७ मङ्सिर २०८१, २१ : २३

काठमाडौँ । नेपाल प्रहरीको जनपद समूहतर्फ हवल्दारहरु लाई वरिष्ठ हवल्दार पदमा बढुवा गर्न सिफारिस गरिएको छ ।
सोमबार बसेको बढुवा समिति बैठकले ४५५ जना हवल्दारलाई वरिष्ठ हवल्दार पदामा बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बढुवा सूचिको पहिलो नम्बरमा नवराज सुवेदी छन् ।