कीर्तिपुरमा कांग्रेसको अग्रता कायमै, एमालेलाई माओवादीले उछिन्यो
सोमबार, १७ मङ्सिर २०८१, २१ : १०
![कीर्तिपुरमा कांग्रेसको अग्रता कायमै, एमालेलाई माओवादीले उछिन्यो](https://npcdn.ratopati.com/media/news/upanirwachan-by-election_4YTJAyvUxz.jpg)
काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तर्गत काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुख पदको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायमै राखेका छन् ।
कांग्रेसका उम्मेदवार डंगोलले ५ हजार ६९ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका उम्मेदवारलाई नेकपा माओवादी केन्द्रका उम्मेदवारले उछिनेका छन् । माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनले ४ हजार ११९ मत ल्याएका छन् भने एमालेका सुरेन्द्र मानन्धरले ३ हजार ९९७ मत पाएका छन् ।
यहाँ स्वतन्त्र उम्मेदवार राजमान महर्जन एक हजार ८७६ मतसहित चौथो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन
-
ला लिगामा रियाल र एटलेटिको मड्रिड दुबैलाई ठक्कर, बराबरीले घट्यो अंक दुरी
-
प्रिमियर लिग : आर्सनल जित्दा नटिङघमलाई झट्का
-
प्रिमियर लिगमा म्यान्सिटीको फराकिलो जित, उमरले गरे ह्याट्रिक
-
सात दिन, सातै प्रदेश, सात म्याराथन
-
रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किदा युवाको मृत्यु