कीर्तिपुरको मेयरमा कांग्रेसका उम्मेदवार एक हजार मतले अगाडि
सोमबार, १७ मङ्सिर २०८१, १९ : ५०
![कीर्तिपुरको मेयरमा कांग्रेसका उम्मेदवार एक हजार मतले अगाडि](https://npcdn.ratopati.com/media/news/congress-upnirbachan_1injroIoNw.jpg)
काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तर्गत काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुख पदको मतगणना जारी छ । पछिल्लो समय कीर्तिपुर नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले एक हजारभन्दा बढी मतले अग्रता बनाएका छन् ।
कांग्रेसका उम्मेदवार डंगोलले ४ हजार ४५३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्र मानन्धरले ३ हजार ४२० मत पाएका छन् ।
तेस्रो स्थानमा माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जन छन् । उनले दुई हजार ९५० मत पाएका छन् ।
यहाँ स्वतन्त्र उम्मेदवार राजमान महर्जन एक हजार ५९४ मतसहित चौथो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन
-
ला लिगामा रियाल र एटलेटिको मड्रिड दुबैलाई ठक्कर, बराबरीले घट्यो अंक दुरी
-
प्रिमियर लिग : आर्सनल जित्दा नटिङघमलाई झट्का
-
प्रिमियर लिगमा म्यान्सिटीको फराकिलो जित, उमरले गरे ह्याट्रिक
-
सात दिन, सातै प्रदेश, सात म्याराथन
-
रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किदा युवाको मृत्यु