‘माटोको सुधार : परीक्षण, रेखदेख र उपचार’ भन्ने नाराका साथ विश्व माटो दिवस मनाइँदै
![‘माटोको सुधार : परीक्षण, रेखदेख र उपचार’ भन्ने नाराका साथ विश्व माटो दिवस मनाइँदै](https://npcdn.ratopati.com/media/news/whatsapp-image-2024-12-02-at-4.13.39-pm_xhlvEapWIo.jpg)
काठमाडौँ । स्वस्थ माटोको महत्वबारे जनचेतना जगाउन र माटोको उर्वराशक्तिको दिगो व्यवस्थापनका लागि पैरवी गर्ने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ तारिखका दिन विश्व माटो दिवस मनाइँदै छ । ‘माटोको सुधारः परीक्षण, रेखदेख र उपचार’ भन्ने नाराका साथ यो वर्ष एघारौँ विश्व माटो दिवस मनाउन लागिएको हो ।
हाल नेपाललगायत विश्वमा नै माटोको भौतिक, रासायनिक तथा जैविक गुण बिग्रन गई उर्वराशक्तिमा ह्रास आउने क्रम दिन प्रतिदिन बढ्दो रहेको जनाइएको छ । व्यापक रूपमा जनचेतना अभिवृद्धि गर्ने मूल ध्येयका साथ संसारभरि विश्व माटो दिवस डिसेम्बर ५ का दिन मनाउने गरिएको छ । नेपालको खेतीयोग्य जमिनको ६६ प्रतिशत माटो अम्लीय प्रकृतिको, ५ प्रतिशत क्षारीय र २९ प्रतिशत माटो मात्र तटस्थ प्रकृतिको पाइएको छ । धेरै जसो बाली उत्पादनको लागि तटस्थ माटो उपयुक्त हुने सरोकारवालाले जनाएका छन् ।
नेपालले २०७२ सालदेखि विश्व माटो दिवस मनाउँदै आएको छ ।
यो वर्षको विश्व माटो दिवस राष्ट्रियस्तरमा मनाउन कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र (नार्क), खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना लगायतको समन्वयमा दिवस मनाउन लागिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन्दर र दुब्ली देखिने औषधिले गायिका एभरीको भयो यस्तो हविगत
-
अचाक्ली बढ्यो खाने तेल, घिउको मूल्य, सरकारलाई थाहै छैन
-
बेलायतमा 'मेरो भ्वाइस युनिभर्स' र 'मेरो डान्स युनिभर्स'को अडिसन हुँदै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
ट्रेलरमा यस्तो देखियो फिल्म ‘ताण्डवम्’
-
सप्तरीमा रु चार अर्ब लगानीमा छवटा उद्योग खोलिदै