कोशीमा भण्डारी नयाँ मन्त्री नियुक्त, अझै एक मन्त्रालय खाली

विराटनगर । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी नियुक्त भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उनलाई सोमबार आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गरेका हुन् ।
उनले पद तथा गोपनीयताको शपथग्रहण सोमबार साँझै गरिसकेका छन् । यसअघि उक्त मन्त्रालयका मन्त्री लिलाबल्लभ अधिकारी मानव तस्करीको आरोप लागेपछि राजीनामा दिएका थिए ।
भण्डारी एमालेका संसदीय दलका प्रमुख सचेतक पनि हुन् । कानुनी पृष्ठभूमिका अधिकारी मन्त्री रहेको आन्तरिक मामिला मन्त्रालयमा कानुनी पृष्ठभूमि भएकै भण्डारी मन्त्री बनेका हुन् । सुनसरी २ (१) बाट प्रदेशसभामा निर्वाचित भएका हुन् । उनी संविधानसभा सदस्य पनि रहिसकेका छन् ।
कोशी सरकारमा नेपाली कांग्रेसको भागमा रहेको स्वास्थ्य मन्त्रालय भने खाली छ । उक्त मन्त्रालय भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले हेर्दै आएका छन् । कांग्रेसको आन्तरिक किचलोको कारण सो मन्त्रालयमा अझै मन्त्री नियुक्त हुन नसकेको हो ।
कांग्रेसले स्वास्थ्य मन्त्रालय डा. शेखर कोइराला समूहको लागि छुट्याएको छ । तर, कोइराला समूहले २ मन्त्रालय दिनुपर्ने माग गर्दै मन्त्रीको नाम नदिएकाले सरकार विस्तार हुन नसकेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्ज बालसुधार गृहमा तनावः अनुगमन भन्दै महिनामा ७ पटकसम्म पुगेपछि आक्रोशित
-
तीनकुने घटनाको निष्पक्ष आयोग बनाएर छानबिन नगरे अन्तर्राष्ट्रियकरण गर्ने चेतावनी
-
नारायणगोपाल संगीत पुरस्कार २०८१ घोषणा
-
भूपेन्द्र, ऋषिराज र सरलको बिदाई, सेन्सर बोर्डमा तीन सदस्य रिक्त
-
आगामी वर्ष घाटा बजेट ल्याउँदैनौँ, आकार पनि घट्दैन– मुख्यमन्त्री आचार्य
-
‘मुख कुल्ला’ र ‘प्रतिगमन’ बिर्सेर नजिकिँदै ओली–नेपाल