हुम्लाको सर्केगाड गाउँपालिकाको मतगणना : कसले कति मत ल्याए ?
सोमबार, १७ मङ्सिर २०८१, १७ : २७
![हुम्लाको सर्केगाड गाउँपालिकाको मतगणना : कसले कति मत ल्याए ?](https://npcdn.ratopati.com/media/news/upnirbachan_s88kowyfun_eWt5GbEIdU.webp)
सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको निर्वाचनको मतगणना अहिले जारी छ । पछिल्लो मत परिणामअनुसार २२६८ मत गणना गर्दा माओवादी केन्द्रकी उम्मेदवार देवकी तिमिल्सिनाले ९०० मतसहित अग्रता लिइरहेकी छन् ।
उनलाई नेपाली कांग्रेसका उम्मेदवार सविता बुढाले ६८९ मत ल्याएर पच्छ्याइरहेकी छन् भने एमालेका उम्मेदवार जाना शाहीले अहिले ५९१ मत प्राप्त गरेकी छन् । त्यस्तै राप्रपाका उम्मेदवारले ३४ र रास्वपाका उम्मेदवारले ८ मत ल्याएका छन् भने ३९ मत बदर भएको छ । सो गाउँपालिकामा अब २२५६ मत गणना गर्न बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन
-
ला लिगामा रियाल र एटलेटिको मड्रिड दुबैलाई ठक्कर, बराबरीले घट्यो अंक दुरी
-
प्रिमियर लिग : आर्सनल जित्दा नटिङघमलाई झट्का
-
प्रिमियर लिगमा म्यान्सिटीको फराकिलो जित, उमरले गरे ह्याट्रिक
-
सात दिन, सातै प्रदेश, सात म्याराथन
-
रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किदा युवाको मृत्यु