मासु खाँदा क्यान्सर हुन्छ ?
काठमाडौँ । रातो मासु वा प्रशोधित मासु धेरै खाँदा क्यान्सर हुन्छ भनेर कयौँ वैज्ञानिक अनुसन्धानहरूमा भनिएको छ । क्लिभ ण्ड क्लिनिकका ओन्कोलोजिस्ट डाक्टर आलोक खोराना पनि यो कुरा सही हो भन्छन् ।
आन्द्रा क्यान्सरका धेरैजसो बिरामी मासु प्रेमी हुने ठानिएको छ । चरा, कुखुरा आदिलाई छाडेर अन्य जनावरबाट निक्लिने मासुलाई रातो मासु भनिन्छ । तर कुखुराबाट नगेट्स बनाउने क्रममा यसलाई प्रशोधन गरिन्छ । अन्य जनावरको मासुलाई लामो समयसम्म खान योग्य बनाउन बेकन, हट डग आदिमा परिणत गरिन्छ । यी सबै प्रशोधित मासु हुन् ।
क्यान्सर गराउने मासुको दुई समूह
अब प्रश्न के उठ्छ भने रातो मासुले साँच्चै क्यान्सर गराउँछ त ? सन् २०१५ मा इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरले ८०० वटा अध्ययनहरूको विश्लेषण गरेको थियो । यी धेरै जसो अध्ययनहरूमा रातो मासुबाट क्यान्सर भएको मामिला भेटिएका थिए ।
अन्तर्राष्ट्रिय निकायले यो तथ्यमा कति सत्यता छ भन्ने जान्न चाहेको थियो । यस अध्ययनमा यस्ता धेरै अध्ययन पनि थिए जसमा आहार र क्यान्सरबिचको सम्बन्ध जोडिएको थियो । यी अध्ययनहरूको आधारमा एजेन्सीले रातो र प्रशोधित मासुबाट दुई प्रकारका कार्सिनोजेन जोखिमहरू पहिचान गर्याे ।
रातो मासु खाँदा क्यान्सरको जोखिम बढी हुने यसले बताएको थियो । यद्यपि, सबै प्रकारका कार्सिनोजेन जोखिमहरू समान हुन्नन् । हट डगबाट जुन कार्सिनोजेन निस्कन्छ यसमा भन्दा कयौँ खतरनाक कार्सिनोजेनको जोखिम चुरोटमा हुन्छ ।
एजेन्सीले २ समूहमा कार्सिनोजेनलाई बाँडेको थियो । यो समूहमा रातो मासुलाई राखिएको थियो । यो समूहको अर्थ यही थियो कि यसले मानिसमा क्यान्सर हुन सक्छ । यस अध्ययनको आधार सीमित रहेको भए पनि रातो मासु धेरै खाँदा क्यान्सर हुनसक्ने डा.खोरानाका भनाई छ ।
प्रशोधित मासुबाट क्यान्सर हुने बलियो प्रमाण
एजेन्सीले प्रशोधित मासुलाई समूह १ कार्सिनोजेन मानेको छ । यसको मतलब रातो मासुले क्यान्सर निम्त्याउने प्रमाण बलियो छ भन्ने हुन्छ । अर्थात् प्रशोधित मासुबाट क्यान्सरको जोखिम चुरोट, मदिरा र सूर्यको पराबैंगनी किरणबाट हुने जोखिम बराबर हुन्छ ।
यसअघिको अध्ययनले पनि मासु खाँदा वा धुम्रपान गर्दा पनि क्यान्सर उत्पन्न हुने पत्ता लागेको थियो । सम्पूर्ण अध्ययनको तल्लो रेखा भनेको धेरै रातो मासुबाट क्यान्सरको जोखिम हुन्छ, जबकि प्रशोधित मासुबाट क्यान्सरको जोखिम धेरै हुन्छ ।
अनुसन्धानमा यो पनि पाइएको छ कि धेरै रातो वा प्रशोधित मासु खाने मानिसहरूलाई कोलोन क्यान्सर हुन सक्छ । त्यसैले रातो मासुको खपत कम गर्नु राम्रो हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको बयान सकियो
-
लेखा समिति सभापति नपाए संसद् बहिष्कार गर्ने मोदीको चेतावनी
-
खुर्कोटबाट प्रहरीको घेरा तोडेर भागेका नाइजेरियन नागरिक पक्राउ
-
चीनमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
-
अखिल क्रान्तिकारीमा पुरानो गुट भत्कियो, नयाँलाई स्थापित गराउन नेताहरूको दौडधुप
-
अध्यादेशको प्रतिरक्षा गर्न एमाले सांसदहरूलाई प्रशिक्षण