दोलखाको गौरिशंकरमा मतगणना : माओवादी केन्द्रको अग्रता कायमै
सोमबार, १७ मङ्सिर २०८१, १५ : ५९
![दोलखाको गौरिशंकरमा मतगणना : माओवादी केन्द्रको अग्रता कायमै](https://npcdn.ratopati.com/media/news/gaurishankar_A8HUMX8LDf.jpg)
चरिकोट । दोलखाको गौरिशंकर गाउँपालिकाको मतगणनाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । सो गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ को मतगणना गर्दा माओवादी केन्द्रकी निमलेकी शेर्पाले १३८४ मत प्राप्त गरी अग्रता लिइरहेकी छन् भने नेकपा एमालका उम्मेदवार उमा लुङ्गेली मगरशेर्पाले १०१२ मत प्राप्त गरेकी छन् ।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार पासदिकी तामाङ ७९३ मत ल्याएर तेश्रो स्थानमा रहेकी छन् । सो गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा राजनीतिक दलका ७ र स्वतन्त्रका ९ गरि १६ उम्मेदवार चुनावी मैदानमा रहेका छन् । कुल १५ हजार ७१८ मतदाता रहेको उक्त गाउँपालिकामा आइतबार सम्पन्न मतदानमा ७ हजार ५९० मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन
-
ला लिगामा रियाल र एटलेटिको मड्रिड दुबैलाई ठक्कर, बराबरीले घट्यो अंक दुरी
-
प्रिमियर लिग : आर्सनल जित्दा नटिङघमलाई झट्का
-
प्रिमियर लिगमा म्यान्सिटीको फराकिलो जित, उमरले गरे ह्याट्रिक
-
सात दिन, सातै प्रदेश, सात म्याराथन
-
रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किदा युवाको मृत्यु