स्थानीय तह उपनिर्वाचन
उदयपुरको बेलका ९ मा जुटेन सहमति, मतगणना अनिश्चित
सोमबार, १७ मङ्सिर २०८१, १५ : ४५
![उदयपुरको बेलका ९ मा जुटेन सहमति, मतगणना अनिश्चित](https://npcdn.ratopati.com/media/news/matganana-mataganana-voting_xbx6rl2l2z_niqQetvDdt.webp)
काठमाडौँ । राजनीतिक दलका प्रतिनिधिबिचको विवादका कारण रोकिएको उदयपुरको बेलका नगरपालिका वडा नं ९ को मतगणना अझै सुरु हुने सकेको छैन ।
गएराति ५ सय मत गनिसकेपछि सदर–बदर मतबारे दलहरूबिच विवाद भएको थियो । विवादपछि गणना स्थगित गरिएको निर्वाचन अधिकृत मनोजप्रसाद गुप्ताले जानकारी दिए । सोमबार बसेको सर्वदलीय बैठकमा पनि सहमति नजुटेपछि निर्वाचन आयोगको निर्देशन कुरिरहेको अधिकृत गुप्ताले जानकारी दिए ।
‘सहमति नजुटेपछि अव आयोगको निर्देशन जे हुन्छ सोही अनुसार अघि बढ्छौ’, गुप्ताले रातोपाटीसँग भने ।
दलका प्रतिनिधिहरूका अनुसार ५ सय मत गन्दा झण्डै सय मत बदर भएपछि विवाद भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन
-
ला लिगामा रियाल र एटलेटिको मड्रिड दुबैलाई ठक्कर, बराबरीले घट्यो अंक दुरी
-
प्रिमियर लिग : आर्सनल जित्दा नटिङघमलाई झट्का
-
प्रिमियर लिगमा म्यान्सिटीको फराकिलो जित, उमरले गरे ह्याट्रिक
-
सात दिन, सातै प्रदेश, सात म्याराथन
-
रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किदा युवाको मृत्यु