युक्रेन–रुस र इजरायल–हमास युद्धले बढायो विश्वको हतियार बिक्री

स्टकहोम । विश्वमा यतिबेला दुई ठुला युद्ध भइरहेका छन् । यस्तोमा हतियारको बजारमा गर्मागर्मी छ । कोरोना कालपछि युक्रेन–रुस युद्ध सुरु भएको थियो भने गत अक्टोबरदेखि इजरायल–हमासबीच पनि युद्ध हुन पुग्यो ।
यी दुई युद्धले विश्वमा हतियारको विक्री बढाएको छ । गत वर्ष विश्वभर ६ खर्ब ३२ अर्ब डलरको हतियार र सैन्य सेवा बिक्री भएको छ । यो अघिल्लो वर्षको तुलनमा ४ दशमलव २ प्रतिशत बढी भएको स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (सीप्री)को एउटा रिपोर्टमा भनिएको छ ।
प्रतिवेदनका अनुसार, गत वर्ष युक्रेन र गाजा युद्ध र एसियामा तनावका कारण प्रमुख हतियार उत्पादकहरूको बिक्री बढेको छ । रसिया र मध्य पूर्वमा आधारित उत्पादकहरूको विक्रीमा उल्लेखनीय वृद्धि भएको भनिएको छ ।
विश्वका सय सबैभन्दा ठुला हतियार कम्पनीहरूले हतियार र सैन्य सेवाहरूको बिक्री सन् २०२३ मा कूल ६ खर्ब ३२ अर्ब थियो । यो एक एक वर्ष अघिको भन्दा ४ दशमलव २ प्रतिशत बढी भएको अपेक्षा गरिएको छ ।
कम्पनीहरूले अहिले पनि विक्रीको माग पूरा गर्न नसकेको बताइएको छ । कम्पनीले माग पूरा गर्न नयाँ कर्मचारी धमाधम भर्ना गरिरहेका छन् ।
यसले पनि आगामी समय हतियारको विक्री बढ्ने तर्फ सङ्केत गरेको सिप्रीको भनाई छ । गाजा र युक्रेनमा युद्ध, पूर्वी एसियामा बढ्दो तनाव र अन्य क्षेत्रहरूमा पुनः सशस्त्रीकरण कार्यक्रमहरूसँग सम्बन्धित माग पूरा गर्न साना उत्पादकहरू बढी प्रभावकारी भएको पनि बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विस्काः जात्रामाथि विचार–मन्थन
-
भरुवा बन्दुक सहित कपिलवस्तुबाट एकजना पक्राउ
-
सङ्घीय व्यवस्थालाई मितव्ययी बनाउन संविधान संशोधन जरूरी देखियो : सांसद आचार्य
-
विसं २०८१ : स्वदेशी ६२, विदेशी ८४ चलचित्र प्रदर्शन, कति भयो कारोबार ?
-
किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण
-
मुस्ताङको घरपझोङमा स्वास्थ्य शिविर, तीन सय ५३ जना लाभान्वित