रवि, छवि र दुर्गाको पक्षमा बोले कमल थापा

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले रास्वपाका सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल बन्जाडे जोशी र व्यवसायी दुर्गा प्रसाईँलाई सरकारले अनावश्यक तनाव दिने काम गरेको बताएका छन् ।
आरोप थप्दै लाने र एक प्रकारले मानसिक तनाव दिने कामबाट सरकारको नियत माथि प्रश्न खडा भएको उनको भनाइ छ ।
‘रवि, छवि, दुर्गा प्रहरी अनुसन्धानमा छन् । निर्दोष वा दोषी फैसला अदालत र कानुनले गर्छ । मेरो कुनै टिप्पणी छैन।अपराधीले उन्मुक्ति पाउनु हुँदै’, उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘तर, अनावश्यक ढङ्गबाट अनुसन्धान लम्ब्याउने, नयाँ नयाँ आरोप थप्दै लाने र एक प्रकारले मानसिक तनाव दिने कामबाट सरकारको नियत माथि प्रश्न खडा भएको छ ।’
उनले तिनै जनामाथि शीघ्र अनुसन्धान टुङ्गाइ अदालतमा बुझाउन आग्रह गरेका छन् । रवि र छवि सहकारी ठगीसम्बन्धी अनुसन्धानमा छन् भने प्रसाईंलाई फर्जी डकुमेन्ट सार्वजनिक गरेर साइबर अपराध गरेको आरोप लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोर्ब्सको नयाँ अर्बपति सूची सार्वजनिक, यी हुन् १५ सेञ्चुरी बिलिनियर्स
-
तराई मधेस जागरण अभियान पुनः सुरू भयोः अध्यक्ष दाहाल
-
प्रधानमन्त्रीले भेटे थाइल्याण्डका राजा
-
कर्मचारी स्थायी गर्न गण्डकी विश्वविद्यालयलाई उच्चको तगारो, दियो अन्तरिम आदेश
-
प्रकाश सपुतको ‘वसन्त’ले कति पायो शो ?
-
कोशी पर्यटन वर्ष २०८२ : लक्ष्य १० करोड खर्च गर्ने, तयारी कस्तो ?