रिलायन्स स्पिनिङ मिलले पाएन अन्तरिम आदेश, प्राधिकरणलाई बत्ती काट्ने बाटो खुल्यो
सोमबार, १७ मङ्सिर २०८१, १४ : ०७
![रिलायन्स स्पिनिङ मिलले पाएन अन्तरिम आदेश, प्राधिकरणलाई बत्ती काट्ने बाटो खुल्यो](https://npcdn.ratopati.com/media/news/reliance_spinning_mills-sunsari_9a8rucw4i9-1170x512_327YBpBRtn.png)
काठमाडौँ । सुनसरी जिल्ला अदालतले रिलायन्स स्पिनिङ मिललाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
डेडिकेटड तथा ट्रंक लाइनको महसुल नतिरेको मिलले नेपाल विद्युत् प्राधिकरणविरुद्ध असोज ५ गते रिट दर्ता गरेको थियो । ६ गते अदालतले बत्ती नकाट्न अन्तरकालीन अन्तरिक आदेश दिँदै दुवै पक्षलाई बोलाएको थियो ।
त्यसपछि मंसिर १६ गते अदालतले उक्त मुद्दाको पेसी चढायो । न्यायाधीश प्रकाश रावतको इजलासले मिललाई अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यससँगै अब नेपाल विद्युत् प्राधिकरणले रिलायन्स स्पिनिङको बत्ती काट्न सक्ने भएको छ ।
यसअघि कार्तिक ८ गते ३४ उद्योगको लाइन काट्दा अन्तरिम आदेशका कारण प्राधिकरणले रिलायन्सको लाइन काट्न सकेको थिएन । प्राधिकरणका अनुुसार रिलायन्स स्पिनिङ मिलले डेडिकेटेड तथा ट्रंक लाइनको महसुलवापत ७५ करोड ३६ लाख ८४ हजार ३३५ रुपैयाँ बक्यौता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबारमार्गको पैदल मार्गमा ग्रेनाइड राख्न सुरु
-
ड्युटीको सिपाही कुट्ने अनेरास्ववियुको नेतालाई उन्मुक्ति
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता
-
बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित, निर्वाचन प्रक्रिया सुरु
-
सुनसरी र नुवाकोटमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
-
अब फल्दै गरेको बालीदेखि हुर्किँदै गरेको रूख धितोमा राखेर ऋण लिन सकिने