सोमबार, १७ मङ्सिर २०८१
ताजा लोकप्रिय
गोलार्द्ध

आफ्नै श्रीमान‍्बाट यतिसम्मको अपराध !

सोमबार, १७ मङ्सिर २०८१, १३ : १५
सोमबार, १७ मङ्सिर २०८१

यो कथा हो मानव सभ्यताको कलंकको ! मान्छेले गर्न सक्ने अपराधको स्तर कहाँसम्म पुग्न सक्छ भन्ने अकल्पनीय उदाहरणको ! विचलित हुन, बेचैन हुन वा घटनाको बयानबाट क्रोधित हुन तयार भएर मात्रै यसलाई पढ्नुहोला । 

सन् २०२० को सेप्टेम्बरमा फ्रान्सको प्रहरीले एक वृद्धलाई पक्राउ गर्‍यो । डोमिनिक पेलिकट नाम गरेको त्यस ७१ वर्षीय वृद्धलाई अभियोग थियो— सुपरमार्केटमा गई स्कर्ट लगाएका महिलाहरूको संवेदनशील अंग आफ्नो क्यामेराले खिचेको । 

सुपरमार्केटमा तीनजना महिलामाथि त्यस्तो दुव्र्यवहार गर्दै गर्दा फेला परेको उसको प्रारम्भिक बयान थियो— ‘मैले सधैँ यस्तो गर्दिनँ । लामो समयदेखि श्रीमतीबाट टाढा थिएँ, त्यसैले त्यस्तो भावना आई यस प्रकारको गल्ती हुन पुग्यो ।’ 

प्रहरीले पनि उसको क्यामेरा, ल्यापटप र मोबाइलमा अनुसन्धान जारी राख्ने गरी उसलाई जमानतमा रिहा गरिदियो ।

उसको ल्यापटपमा त्यतिबेला अवाञ्छित गतिविधिका लागि चर्चित रहेको वेबसाइट ‘कोको डट ओआरजी’को ग्रुप च्याट फेला पर्‍यो । यस वेबवसाइट यौन, लागुऔषध र अन्य अपराधका लागि चर्चित भइसकेको थियो, जुन यतिखेर प्रतिबन्धित छ । 

त्यस बेवसाइटमा उसले एउटा च्याट ग्रुप बनाएको थियो । त्यस च्याटग्रुपमा भएका कुराकानी जब प्रहरी अनुसन्धानकर्ताले हेरे, उनीहरूले त्यहाँ असामान्य कुराकानी पाउन थाले । त्यहाँ उसले अन्जान मानिसलाई लागु औषध सेवन गर्न तथा यौनसम्पर्क गर्न निम्तो दिइरहेको थियो । मानिसहरू पनि ऊसँग सहमत भइरहेका थिए । उसले सामूहिक यौनक्रीडा गर्नका लागि पनि मानिसलाई लोभ्याइरहेको थियो । 

पेलिकोट भन्छिन्, ‘बलात्कारबाट पीडित हरेक महिलाले मेरो अनुहार देखेर सोचुन्— हेर ! यस्तो जघन्य बलात्कार सहेकी म्याडम पेलिकटले त हिम्मतका साथ आफूलाई अदालतमा प्रस्तुत गरिरहेकी छिन् । मैले पनि त नडराईकन बोल्नुपर्छ !’

बलात्कारमा संलग्न भएपछि आफैँले बलात्कार गरेका दृश्यहरू पछि भिडियोमा हेर्न पाउने समेत भन्ने गरेको भेटियो । यस्तो गतिविधिका लागि उसले सुरक्षित ठाउँका रूपमा आफ्नो घर नै उल्लेख गरेको थियो ।

जब प्रहरीले उसको हार्ड–ड्राइभलाई ल्यापटपमा जोडेर हेर्‍यो, त्यहाँ दुनियाँ नै स्तब्ध हुने सामग्री फेला पर्न थाले । २० हजारभन्दा धेरै तस्बिर र भिडियोहरूमध्ये केही दृश्यमा एउटी बेहोस महिलामाथि पटक–पटक बलात्कार भइरहेको थियो ।

प्रहरीले दुई वर्ष लगाएर गरेको अनुसन्धानमा फेला परे अनुसार, सन् २०११ देखि लगातार नौ वर्षसम्म करिब ९२ पटक फरक–फरक समयमा ती महिलामाथि बलात्कार भएको दृश्य भिडियोमा खिचिएको छ । बेहोस अवस्थामा ओछ्यानमा पल्टिरहेकी ती महिलामाथि फरक–फरक पुरुषले बलात्कार गरिरहेका थिए । बलात्कार गर्नेमा २१ वर्षको उमेरको युवादेखि ६८ वर्षको वृद्धसम्म संलग्न छन् । 

बलात्कृत महिलाले केही पनि थाहा नपाएको प्रस्ट बुझ्न सकिन्थ्यो । ती महिला अरु कोही नभएर डोमिनिककी श्रीमती थिइन् ।

9c410320-8704-11ef-8c26-f76ffbea7663

प्रहरीले भिडियोका दृश्य र अन्य सूचनाका आधारमा जम्मा ५० जनालाई ठम्याउन र पक्राउ गर्न सफल भएको छ । बाँकीको खोजी कार्य अझै जारी छ ।

उक्त ड्राइभमा डोमिनिकले नुहाउँदै गरेका अवस्थामा आफ्ना दुई बुहारीहरूको समेत फोटो र भिडियो खिचेको पाइएको छ । साथै उसले आफ्नै छोरी बेहोस् अवस्थामा ओछ्यानमा नाङ्गै पल्टिएको अवस्थाको भिडियो पनि खिचेर राखेको भेटियो ।

यी सबै सूचना प्राप्त भएपछि डोमिनिक पुनः गिरफ्तार गरियो । प्रहरीले डोमिनिककी श्रीमती गिसेल पेलिकटलाई पनि बोलायो । उनको उमेर पनि डोमिनिकको उमेरकै बराबर छ । 

प्रहरीले गिसेललाई सोध्यो— तपाईंलाई अन्य व्यक्तिले केही जबर्जस्ती गरेका छन् ? तपाईंले कहिलेकाहीँ अन्य व्यक्तिहरूसँग कुनै प्रकारको शारीरिक सम्पर्क राख्नुभएको छ ? तपाईंहरुले दम्पती साटासाट गर्ने जस्ता गतिविधि गर्नुभएको छ ?

उनले यी कुनै पनि घटना नभएको र आफू आफ्नो श्रीमानसँग खुसीका साथ सामान्य जीवन बिताइरहेको बताइन् । उनले आफ्नो श्रीमानलाई एक असल र महान् मान्छे भएको बताइरहेकी थिइन् ।

प्रहरीले उनलाई डोमिनिकबाट बरामद भएका केही तस्बिर र भिडियो देखायो । सुरुमा उनलाई तस्बिरकी महिला आफू नभएको जस्तो लाग्यो । जब उनले प्रस्ट बुझिने र ठम्याउन सकिने दृश्य देखिन्, ती तस्बिर र भिडियोमा उनीमाथि फरक–फरक मानिसले जघन्य कृत्य गरिरहेका थिए । उनीमथि निर्दयताका साथ बलात्कार भइरहेको थियो । यी सबै दृश्य उनका श्रीमानले असाध्यै मजा लिँदै खिचिरहेका थिए । यो सबै प्रपञ्चको आयोजना उनका श्रीमान्ले गरेका थिए । यसपछि भने गिसेल छाँगाबाट खसेजस्तै भइन् । उनको अघि पूरा संसार नै सिसाजस्तै झर्‍यामझुरुम भयो । आफूमाथि यस्तो जघन्य बलात्कार भएको कुरा उनले थाहा पाउनु त के, कल्पना समेत गरेकी थिइनन् । 

Gisele-Pelicot_simbolo_francesas-1536x864

उनीहरू ५० वर्षदेखि सँगै रहेका दम्पती थिए । उनीहरूका तीन छोराछोरी र सात नातिनातिना छन् । साथीहरूमाझ उनीहरू राम्रो जोडी मानिन्थे । गिसेल आफ्ना श्रीमान्सँग ठिकठाकको सामान्य खुसीकै जीवन बिताइरहेकी थिइन् । आफूहरुले एक–अर्काेलाई राम्रोसँग ख्याल गरेको उनलाई थाहा थियो । बेलाबेला उनीहरू घुम्न पनि जाने गर्थे । अर्थात् गिसेलको बुझाइमा उनीहरू सुखी जीवन बाँचिरहेका थिए ।

बेहोस अवस्थामा ओछ्यानमा पल्टिरहेकी ती महिलामाथि फरक–फरक पुरुषले बलात्कार गरिरहेका थिए । बलात्कार गर्नेमा २१ वर्षको उमेरको युवादेखि ६८ वर्षको वृद्धसम्म संलग्न छन् ।

‘द गार्डियन’का अनुसार यो सबै कुरा थाहा भएपछि गिसेल प्रहरी चौकीबाट निस्किइन् र सोझै आफू बस्ने ठाउँमा गइन् । आफूले ५० वर्ष सँगै बसेको ठाउँबाट दुईवटा सुटकेसमा सामान निकालिन् । अनि सिधै सम्बन्धविच्छेद गराउन निवेदन दिन गइन् । 

लगत्तै केही दिनमा गरिएको उनको स्वास्थ्य परीक्षणले यौनजन्य गतिबिधिबाट लाग्ने रोगहरू देखायो । उनले अदालतमा अब आफूले जीवनमा सबै कुरा गुमाएको, पहिचानविहीन मान्छे भएको बताइन् । उनले भनिन्— आज म सम्हालिनै नसक्ने अवस्थामा छु । एउटा मान्छेले जीवनमा कहिल्यै कल्पना पनि गर्न नसक्ने त्रासदिलाई मैले बेहोस अवस्थामा भोगेँ । 

सुरुमा अन्य यौन अपराधका घटनामा जस्तै उनको पनि छद्म नाम प्रयोग गर्ने गरिएको थियो । तर जब यसबारे थप बहस हुँदै गए, उनले आफूलाई आफ्नै वास्तविक नामबाट चिनाउने निर्णय गरिन् । बलात्कारबारे हुने गरेका छुट्टै अदालती बहसको अभ्यासलाई तोडेर यसबारे सार्वजनिक बहस हुनुपर्ने राय राखिन् । एक अज्ञात पीडितका रूपमा नभएर जघन्य अपराध भोग्नुपरेको पीडासँग जुध्ने साहसी प्रतिरोधीका रूपमा उनले आफूलाई सार्वजनिक गरिन् ।

पेलिकोट भन्छिन्, ‘बलात्कारबाट पीडित हरेक महिलाले मेरो अनुहार देखेर सोचुन्— हेर ! यस्तो जघन्य बलात्कार सहेकी म्याडम पेलिकटले त हिम्मतका साथ आफूलाई अदालतमा प्रस्तुत गरिरहेकी छिन् । मैले पनि त नडराईकन बोल्नुपर्छ !’ 

यो मुद्दाबारे बहस यही नोभेम्बरको १५ तारिखमा सकिएको छ । दुवै पक्षका वकिलले आफ्नो सबै कुरा अदालतसमक्ष प्रस्तुत गरिसकेका छन् । अन्तिम फैसला आउँदो डिसेम्बरको २० तारिखमा हुने खबर आएका छन् ।

बलात्कारमा संलग्न सबै व्यक्ति पक्राउ परेका छैनन् । धेरैको पहिचान प्रहरीले अझै खुलाउन सकेको छैन । पक्राउ परेका अभियुक्त धेरैले अदालतमा आफू निर्दाेष रहेको तथा यस्तो अवस्था आफूलाई थाहा नभएको बयान दिएका थिए । प्रहरीले गरेको खोजमा यी अधिकांश अभियुक्तहरूको जीवनमा धेरै संदिग्ध गतिविधि भेटिएका थिए । 

CP173124502

५० वर्षसम्म सँगै बसेका श्रीमान्लाई गिसेलले अदालतमा प्रश्न गरिन् । अनुसन्धानका क्रममा आफूलाई सोधिएका प्रश्नहरूबारे उनले धेरै चित्त दुखाएकी थिइन् । यस क्रममा विपक्षी वकिलहरूले उनको यौनेच्छाका बारेमा र विगतमा असामान्य यौन गतिविधि भए कि भनेर समेत अनावश्यक प्रश्न गरेका थिए ।

अदालतमा बयानका क्रममा अभियुक्तहरू पेस गरिँदा कोही कोही त उनले बाटोमा भेट्दा हाँसेर ‘हेल्लो’ भन्ने गरेका मानिस पनि थिए । उनी भन्छिन्, ‘दिउँसो मसँग हाँसेर बोलेका मान्छे पनि साँझमा मलाई बलात्कार गर्न आएका रहेछन् ।’ आफूलाई झुक्याइएको वा दबाबमा पारिएको दाबी गर्ने सबैलाई उनले सिधा जवाफ दिइन्— बेहोस् अवस्थामा भएकी महिलालाई जानकारीबिनै जबर्जस्ती यौनसम्बन्ध राख्नेहरू सिधै बलात्कारी हुन् । 

५० किलोमिटर वरपर सहरमा रहेका ९० भन्दा धेरै मानिसहरू यस्ता गतिविधिमा संलग्न थिए तर कसैले पनि यसलाई गलत हो भनेर रोक्न खोजेनन्, प्रहरीलाई जानकारी गराएनन् । गिसेलले समाजको अवस्थाबारे पनि गम्भीर प्रश्न गरेकी छन् । 

प्रहरी अनुसन्धानमा भेटिएको सूूचना अनुसार बलात्कारमा संलग्नमध्ये एक व्यक्तिले आफ्नी श्रीमतीसँग यस्तै व्यवहार गर्न थालेको पाइएको छ । श्रीमतीलाई बेहोस बनाएर व्यक्तिहरू बोलाउँदै बलात्कार गर्न लगाएको भेटिएको प्रहरीले जनाएको छ ।

यो घटनामा उनको पक्षबाट बहस गर्दै गरेकी वकिल अन्टोनिओ क्यामु भन्छन्, ‘हामीले बुझ्नुपर्ने भएको छ, बलात्कारीहरू जहाँसुकै हुन सक्छन् । जस्तोसुकै हुन सक्छन् । यस्तो गतिविधि शृंखलाबद्ध बलात्कारीले मात्रै गर्छन् भन्ने होइन । अझ ख्याल गर्नुपर्ने र सावधान हुनुपर्ने कुरा त यो हो कि तपाईं आफैँ पनि कुनै समय बलात्कारी हुन सक्नुहुन्छ ।’

एजेन्सीको सहयोगमा 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप