उपनिर्वाचन : सहभागितामै सीमित भयो सीके राउतको जनमत पार्टी

काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टी आइतबार सम्पन्न स्थानीय तह निर्वाचनमा सहभागितामै सीमित भएको छ ।
अधिकांश स्थानको अन्तिम मत परिणाम सार्वजनिक हुँदा सो पार्टीका कुनै पनि उम्मेदवारले विजय हाँसिलमात्रै गर्न सकेनन् राम्रो मत पनि पाउन नसकेका हुन् । यस्तै गणना हुन बाँकी कीर्तिपुरमा पनि दोहोरो अंक कटाउने छाँट देखिएको छैन ।
निर्वाचन आयोगका अनुसार मोरङको ग्रामथान गाउँपालिकामा उम्मेदवार रहेका विनोद कुमार माझीले ४२ मत पाए भने उदयपुरको त्रियुगा नगरपालिका १२ मा प्रमोद मलाहा सहनीले २० मत पाए । यस्तै सुनसरीको गढी गाउँपालिका ६ मा सिताराम यादवले ६० मत, झापाको कन्काइ नगरपालिका ६ मा सुकलाल राजवंशीले ९ मत, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा शैलेन्द्र कुमार साह (तेली) ले ७४ मत तथा सोही स्थानीय तहको वडा नम्बर ४ मा उदय नारायण पण्डितले २३१ मत पाएका छन् ।
यसैगरी रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ७ मा शेख जमिरुल हकले १३५ मत पाउँदा गढीमाइ नगरपालिका ८ मा सुरेन्द्र राउत कुर्मीले ८ मत, धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ माकुश्वेश्वर मण्डलले २५ मत, काठमाडौँको कीर्तिपुर नगरपालिका जारी मतगणनामा केशव श्रेष्ठले ४ मत पाएका छन् ।
यस्तै कीर्तिपुर १ मा विकास प्रधानले ७ मत, वडा नम्बर ४ मा श्रीकृष्ण महर्जनले २ मत, कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ मा सीताराम पटेल कुर्मीले ४२३ मत र भीमदत्त नगरपालिका वडा नम्बर ६ मा यादव बहादुर चन्दले ५ मत पाएको आयोगले जनाएको छ ।
संघीय संसदमा राष्ट्रिय पार्टीको हैसियत रहेको जनमत स्थानीय तह उपनिर्वाचनमा भने सीमित हुन पुगेको हो । सोही पार्टीको मधेसमा प्रतिस्पर्धी रहेको जसपा नेपालले भने दुई स्थानमा वडाध्यक्ष जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा शक्तिशाली भूकम्प
-
तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप सात जना पक्राउ
-
‘ओल्मोलाई दर्ता गर्न बार्सिलोनासँग पैसा नै छैन’
-
मस्कको आलोचना बढ्दै, टेस्लाको बिक्रीसँगै सेयरमा गिरावट
-
एनआरएनए एकता महाधिवेशनलाई सहयोग पुग्नेगरी सरकारी निर्णय
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको प्रस्टोक्ति, वारपारको आन्दोलनमा शिक्षक