आईसीसी च्याम्पियन्स ट्रफी विवाद समाधानतर्फ
काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आफ्नो टोली पाकिस्तान भ्रमणमा नपठाउने निर्णय लिएपछि आगामी आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटलाई लिएर सुरु भएको बिबाद साम्य हुने अवस्थामा पुगेको छ ।
यो विवादले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) समेत दबाबमा परेको थियो । तर, अहिले आएर पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) च्याम्पियन्स ट्रफी ‘हाइब्रिड मोडल’ मा आयोजना गर्न सकारात्मक देखिएको छ ।
‘हाइब्रिड मोडल’ अन्तर्गत अब च्याम्पियन्स ट्रफीमा भारतीय टोलीले आफ्नो सम्पूर्ण खेल ‘न्यूट्रल भेन्यू’ मा खेल्नेछ । यसअघि एसिया कप क्रिकेटमा पनि भारतीय टोलीले आफ्ना खेलहरु ‘न्यूट्रल भेन्यू’ मै खेलेको थियो । तर, यसपटक पीसीबीले आईसीसीसँग एउटा प्रतिबद्धता पनि खोजेको छ । पीसीबीले यदि भारतीय टोली च्याम्पियन्स ट्रफी खेल्न पाकिस्तान भ्रमणमा नआए आगामी दिनमा आफ्नो टोलीले पनि भारतमा कुनै प्रतियोगिता नखेल्ने अडान राखेको छ ।
कम्तिमा पनि आगामी तीन वर्षसम्म पाकिस्तानी टोलीले भारतमा कुनै पनि क्रिकेट प्रतियोगिता नखेल्ने बताएको छ । त्यसैले आगामी दिनमा आईसीसी वा एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले भारतमा आयोजना गर्ने कुनै पनि प्रतियोगिता खेल्न पाकिस्तानी टोली भारत भ्रमणमा जाने छैन ।
यसको अर्थ, भारतमा आयोजना हुने प्रतियोगितामा पनि पाकिस्तानले आफ्नो सबै खेल ‘न्यूट्रल भेन्यू’ मै खेल्नेछ । पीसीबीको यो नयाँ प्रस्तावप्रति आईसीसी पनि सकारात्मक देखिएको छ । आगामी च्याम्पियन्स ट्रफीसहित तीन वर्षसम्म हुने भारत र पाकिस्तानबिचको सबै खेल दुबईमा खेलाइने सम्भावना छ ।
च्याम्पियन्स ट्रफीको नवौँ संस्करण सन् २०२५ को फेब्रुअरी १९ देखि मार्च ९ तारिखसम्म पाकिस्तानका आयोजना हुँदैछ । पीसीबीले च्याम्पियन्स ट्रफीमा भारतका खेलहरु लाहौरस्थित गद्दाफी स्टेडियममा खेलाउने तयारी गरेको थियो ।
सन् २०२५ मै आईसीसी महिला एकदिवसीय विश्वकप क्रिकेट भारतले आयोजना गर्दैछ । पीसीबीको अडानपछि अब महिला एकदिवसीय विश्वकपमा पनि पाकिस्तानका खेलहरु ‘न्यूट्रल भेन्यू’ मै खेलाइने सम्भावना छ ।
सन् २०२६ को आईसीसी पुरुष टी–२० विश्वकप पनि भारतमै आयोजना हुँदैछ । त्यो विश्वकपमा पनि पाकिस्तानले आफ्नो सबै खेल ‘न्यूट्रल भेन्यू’ मै खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिटिजन लाइफ वीमेन्स फोरमद्वारा लैङ्गिक हिंसासम्बन्धी कार्यक्रम आयोजना
-
२५ हजार घुससहित सई पक्राउ
-
तेस्रो मेयर कप ब्याडमिन्टन प्रतियोगिता मंगलबारदेखि
-
पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी बुढा निर्वाचित
-
२० अंकले बढ्यो नेप्से, १० अर्ब ५४ करोडको कारोबार
-
संघीय मन्त्री यादव सहभागी कार्यक्रममा कर्णालीका मन्त्री र सचिव उपस्थित भएनन्