सोमबार, १७ मङ्सिर २०८१
ताजा लोकप्रिय

ट्रम्पले छोरीको ससुरालाई बनाए पश्चिम मामिलाका सल्लाहकार

सोमबार, १७ मङ्सिर २०८१, १२ : ४७
सोमबार, १७ मङ्सिर २०८१

वासिङ्टन डिसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार आफ्नो सरकारको अर्को महत्त्वपूर्ण पदमा नियुक्ति गरेका छन् । ट्रम्पले मसाद बोलोसलाई मध्यपूर्व मामिलाको वरिष्ठ सल्लाहकारमा नियुक्त गरेका छन् ।

 बुलोस ट्रम्पका नजिकका साथीका साथै कान्छी छोरी टिफनीका ससुरा पनि हुन् । यसअघि शनिबार ट्रम्पले आफ्नी जेठी छोरी इभान्का ट्रम्पका ससुरा चार्ल्स कुश्नरलाई फ्रान्सका लागि अमेरिकी राजदूत नियुक्त गरेका थिए ।

पश्चिम एसियामा शान्ति आउनेछ

बौंलोस लेबनानी मूलका अर्बपति व्यापारी हुन् । ट्रम्पले उनलाई एक दक्ष वकिल र अन्तर्राष्ट्रिय अनुभव भएका सम्मानित व्यापारीको रूपमा वर्णन गरेका छन् । अरब अमेरिकी समुदायलाई रिपब्लिकन पार्टीसँग जोड्न बौलोसले महत्त्वपूर्ण भूमिका खेलेको ट्रम्पले बताएका छन् ।

‘मलाई यो घोषणा गर्दा निकै गर्व महसुस भइरहेको छ कि बौलोसले अरब र मध्य पूर्वी मामिला (पश्चिम एशिया)मा राष्ट्रपतिको वरिष्ठ सल्लाहकारको रूपमा काम गर्नेछन् । उनी एक कुशल वकिल र व्यापार जगतमा बहुत सम्मानित नेता हुन्, अन्तर्राष्ट्रिय क्षेत्रमा उनीसँग व्यापक अनुभव छ ।

 उनी लामो समयदेखि रिपब्लिकन र कन्जरर्भेटिभ मूल्यहरूका समर्थक पनि हुन् । मेरो अभियानमा पनि उनको महत्त्वपूर्ण भूमिका रह्यो र उनले अरब अमेरिकी समुदायसँग जबरजस्त नयाँ गठबन्धनहरू निर्माणमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।’ सामाजिक सञ्जाल ट्रुथमा एउटा पोष्ट शेयर गर्दै ट्रम्पले लेखेका छन् ।

बौलोसका छोरा माइकलले ट्रम्पकी कान्छी छोरी टिफनी ट्रम्पसँग बिहे गरेका छन् । मसद बौलोस बौलोस इन्टरप्राइजेजका मालिक हुन् । ट्रम्पले आफ्नी जेठी छोरी इभान्का ट्रम्पको ससुरा चार्ल्स कुशनरलाई फ्रान्समा अमेरिकी राजदूत नियुक्त गरेका  थिए । ट्रम्पको पहिलो कार्यकालमा छोरी इभान्का र ज्वाइँ जारेड कुश्नरले महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका थिए तर दोस्रो कार्यकालमा दुवै जना सरकारमा सामेल हुने अपेक्षा छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप