करिब ४५ मिनेटपछि खुल्यो विमानस्थल
_3RoQpi137O.jpg)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब ४५ मिनेटपछि खुलेको छ ।
प्रधानमन्त्री ओली ११ः०५ बजे हिमालय एयरलाइन्सको जहाजमार्फत चीन उडेका छन् । उनी उड्नुअघि र पछि गरेर विमानस्थल आधा घण्टा बन्द गर्ने भनिए पनि करिब ४० मिनेट अन्य उडान अवतरण भएनन् ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार १०ः३५ मा विमानस्थल बन्द गरिएको थियो । अहिले ११ बजेर २३ मिनेटमा श्री एयरलाइन्सको नेपालगन्जबाट आएको जहाज अवतरण गरेको छ । उक्त जहाज हेटौँडामाथिको आकाशमा करिब ४० मिनेटसम्म होल्ड भयो ।
प्रधानमन्त्रीको उडानका कारण नेपालगञ्जबाटै आएको बुद्ध एयरको जहाज, छेन्दुबाट आएको सिचुवान एयरलाइन्सको विमान र क्वालालम्पुरबाट आएको मलेसिया एयरलाइन्सको विमान लामो समय होल्ड भए । अब क्रमशः यी विमानहरू अवतरण भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ
-
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध
-
१० बजे १० समाचार : मधेसमा कमिसनको चक्कर, भाटभटेनी लुटपाट गर्नेहरू छुट्दै
-
गरिब, विपन्न नागरिकलाई निःशुल्क खानेपानीको सुनिश्चित गर्ने दिशामा सरकारले काम गर्यो : मन्त्री यादव
-
‘गाउँमै अस्पताल, सबै नागरिकको स्वास्थ्य बीमा’
-
चट्याङ लागेर खाजा खाँदै गरेका दुई जना घाइते