तीन वर्षायता डेंगुबाट हुने मृत्युदर शून्यमा झर्न सकेन
सोमबार, १७ मङ्सिर २०८१, ११ : ०३
काठमाडौँ । नेपालमा तीन वर्षयता डेंगुबाट हुने मृत्युदर शून्यमा झर्न सकेको छैन । नेपालमा तीन वर्षयता डेंगुबाट मृत्यु हुनेको सङ्ख्या शून्यमा झर्न नसकेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकले देखाएको हो ।
सन् २०२२ मा ५४ हजार ७८४ जनामा डेंगुबाट प्रभाभित हुँदा ८८ जनाको मृत्यु भएको थियो । यस्तै, सन् २०२३ मा ५१ हजार २४३ जान डेंगुबाट प्रभावित हुँदा २० जनाको मृत्यु भएको थियो ।
यस्तै, ईडीसीडीको पछिल्लो तथ्याङ्क अनुसार यो वर्ष सन् २०२४ मा ३२ हजार ७ सय जनामा डेंगु सङ्क्रमण हुँदा १३ जनाको मृत्यु भएको छ । डेंगुबाट मृत्यु भएका भनिएकाहरूमा विभिन्न दीर्घ रोग पनि रहेको पाइएको सरकारी अधिकारी बताउँछन् ।
अन्य रोग रहेकाहरूलाई डेंगु सङ्क्रान्ति पनि पुष्टि भएकाले मृत्यु हुँदा पनि डेंगुकै कारण मृत्यु भएको भनेर गणना गरिएको उनीहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा करिब ५८ प्रतिशत सवारी साधन मापदण्ड विपरीत
-
योगमाया विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना
-
‘शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध’
-
बोहोराको कविता सङ्ग्रह ‘अपरावर्ती’ सार्वजनिक
-
विष्णुपुर सवस्टेशन अन्तर्गतका क्षेत्रमा १० दिन विद्युत् अवरुद्ध हुने
-
१० बजे १० समाचार : ग्यासमा अनुदान, माओवादी बैठकमा पासाङको ‘डिमान्ड’