प्रधानमन्त्रीको चीन भ्रमणले विमानस्थल आधा घण्टा बन्द
सोमबार, १७ मङ्सिर २०८१, १० : ४७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जान लागेकाले अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाका लागि बन्द गरिएको छ ।
प्रधानमन्त्री ओली अहिले ११ बजे हिमालय एयरलाइन्सको जहाजमार्फत चीन जाँदैछन् । नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयका अनुसार प्रधानमन्त्री चढेको जहाज उड्नुअघि र पछि गरेर विमानस्थलबाट आधा घण्टासम्म अन्य उडान हुने छैनन् ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार १०ः३५ मा बन्द गरिएको विमानस्थल ११ः०५ मा खुल्नेछ ।
विमानस्थल बन्द गरेका कारण नेपालगन्जबाट काठमाडौँ आउन लागेको श्री एयरलाइन्सको जहाज हेटौँडामाथिको आकाशमा फन्को लाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वदलीय सहमतिमा संसदको विशेष अधिवेशन आह्वान गर्न मोर्चाको माग
-
देशविदेशका २८ जनालाई नइ पुरस्कार प्रदान
-
कांग्रेसका ७ भ्रातृ संस्थाले लत्त्याए पार्टीको निर्देशन
-
उद्योगीहरूसँग विद्युत महसुल विवादबारे हितेन्द्रले गरे छलफल
-
म्यानमारमा स्वास्थ्य सेवा प्रदान गरी फर्कियो नेपाली सेनाको चिकित्सकीय टोली, कतिको भयो उपचार ?
-
प्राधिकरणको बोर्ड बैठक : विद्युत दुर्घटनाका पीडितलाई १० लाखसम्म राहत दिने निर्णय