बाइडेनले आफ्नो छोरालाई दिए माफी

वाशिङटन डीसी । अमेरिकाका राष्ट्रपति जो बाइडेनले आफ्नो छोरा हन्टर बाइडेनलाई माफी दिएका छन् । आइतबार बाइडेनले संघीक कर र बन्दुकसम्बन्धी अभियोगमा यही महिला सजाय भोगेका आफ्ना छोरालाई माफी दिएका हुन् । उनी आफ्नो छोरा भएको कारणले मात्र निशाना बनाइएको भन्दै उनले आफ्नो छोराको बचाव पनि गरेका छन् ।
‘आज मैले मेरो छोरा हन्टरका लागि माफीमा हस्ताक्षर गरेको छु,’ एउटा विज्ञप्तिमा बाइडेनले भनेका छन् । यो पूर्ण र शर्तरहित माफी भएको बताइएको छ । योसँगै हन्टरमाथि लागेका सबै अपराधिक मामिला रफा–दफा भएका छन् । यो माफी पत्रलाई अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले खारेज गर्न पाउने छैनन् । बाइडेनले छोरालाई माफी दिएपछि ट्रम्पले यसलाई नयाँको दुरुपयोग भनेका छन् ।
बाइडेनले राष्ट्रपतिको पदभार सम्हाल्दा नै न्याय मन्त्रालयको फैसलामा दख्खल दिँदिन भनेका थिए । यो वाचा आफूले निभाएको तर छोरालाई निशाना बनाइएको र उ माथि गलत मुद्दा चलाइएको देखेपछि आफूले यस्तो कदम चालेको पनि उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाथीभरा क्षेत्रमा भएको विवाद समाधान गर्न एमालेकाे माग
-
पाकिस्तानविरुद्ध भारतीय फास्ट बलर शामीले बनाए यस्तो खराब रेकर्ड
-
सिराहामा किशोरी मृत्यु प्रकरण : घटना ‘मिलापत्र’ गराउन खोज्ने ८ जना नियन्त्रणमा
-
एनआरएनए विवादमा सर्वोच्चको दुई पत्र : शेष घलेलाई कार्यालय बुझाउन निर्देशन (पत्रसहित)
-
माओवादीले भन्यो– रोम जलिरहेको छ, निरो बाँसुरी बजाइरहेको छ
-
मानव र वन्यजन्तु द्वन्द्व घटाउन कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान