रास्वपाले विजय हासिल गरेको काठमाडौँ–१६ मा कसको कति मत ? (मत परिणामसहित)

काठमाडौँ । पहिलो पटक स्थानीय तह निर्वाचनमा भाग लिएको रास्वपाले काठमाडौँ महानगरपालिका वडा नम्बर १६ बाट विजयको खाता खोलेको छ । आइतबार सम्पन्न उपनिर्वाचनको अन्तिम मतपरिणामअनुसार रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठले २ हजार ९०२ मतका साथ विजय हासिल गरेकी हुन् ।
नेपाली कांग्रेसका वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि रिक्त रहेको सो स्थानमा भएको उपनिर्वाचनमा रोजिनाले विजय हासिल गर्दा कांग्रेसका उम्मेदवार भने तेस्रो भए । कांग्रेसका उम्मेदवार देवेन्द्र पाठकले २२१४ मत पाएका हुन् ।
जवकि एमालेका उम्मेदवार लक्ष्मी रत्न तुलाधरले २२२० मत पाए । उपनिर्वाचनमा रास्ववा विजयी हुँदा कांग्रेसले आफूले पहिले जितेको वडाध्यक्ष पद सुरक्षित गर्न असफल रह्यो ।
निर्वाचन आयोगका अनुसार राप्रपाका श्याम कृष्ण श्रेष्ठे पनि ७७४ मत पाए भने एकीकृत समाजवादीका मीन बहादुर मानन्धरले १०९२ मत पाए ।
यस्तै स्वतन्त्र उम्मेदवार देवेन्द्र कुमार श्रेष्ठले ४९८ मत पाउँदा अर्का स्वतन्त्र उम्मेदवार पशुपति कठायतले १३५ मत पाए । यस्तै स्वतन्त्र उम्मेदवार सम शाक्यले पनि ३३४ मत पाउँदा अन्य उम्मेदवारले भने १०० मत पनि कटाउन सकेनन् । काठमाडौँ १६ मा १८ जना उम्मेदवार चुनावी मैदानमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लन टेनिस प्रतियोगिताको उपाधि सुनिरा थापालाई
-
भारतको केआईआईटीबाट १ सयभन्दा धेरै विद्यार्थी नेपाल फर्किए
-
आफ्नो देशको क्रिकेट बोर्डभन्दा धनी छन् न्युजिल्यान्डका यी खेलाडी !
-
२०८२ सालमा व्रतबन्धको साइत ८ दिन मात्र, विवाहको कति ?
-
अपर म्याग्दी–१ को बाँध निर्माण सुरु
-
प्रकृति लम्साल मृत्यु प्रकरणमा सभामुखले समय नदिएकोमा जनार्दन शर्माको असन्तुष्टि