तपाईंको भाग्योदय कसरी हुनसक्छ ? हेरौँ आजको राशिफल
विक्रम संवत २०८१ साल मंसिर १७ गते, सोमबार । ईश्वी सन् २०२४ डिसेम्बर २ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । दक्षिणायनं । हेमन्त ऋतु । श्रीशाके १९४६ । मंसिर शुक्लपक्ष । तिथि–प्रतिपदा, १४ घडी ९ पला, बिहान १२ बजेर १९ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–ज्येष्ठा, २३ घडी ५५ पला, बेलुकी ४ बजेर १३ मिनेट उप्रान्त मूल । योग–धृती, २६ घडी २४ पला, बेलुकी ५ बजेर १३ मिनेट उप्रान्त शूल । करण–बव, मध्यान्ह १२ बजेर १९ मिनेट उप्रान्त बालव, रातको १२ बजेर ३५ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–बृश्चिक, बेलुकी ४ बजेर १३ मिनेट उप्रान्त धनु । काठंमाडौमा सूर्योदय बिहान ०६ बजेर ३९ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ६ मिनेट । दिनमान २६ घडी ८ पला ।
आजको बार बेला
बिहान ०६ बजेर ३९ मिनेटसम्म अमृत बेला ।
बिहान ६ बजेर ४० मिनेटदेखि बिहान ७ बजेर ५८ मिनेटसम्म काल बेला ।
बिहान ७ बजेर ५९ मिनेटदेखि बिहान ९ बजेर १६ मिनेटसम्म शुभ बेला ।
बिहान ०९ बजेर १७ मिनेटदेखि बिहान १० बजेर ३४ मिनेटसम्म रोग बेला ।
बिहान १० बजेर ३५ मिनेटदेखि बिहान ११ बजेर ५३ मिनेटसम्म उद्धेग बेला ।
बिहान ११ बजेर ५४ मिनेटदेखि दिउँसो १ बजेर ११ मिनेटसम्म चर बेला ।
दिउँसो १ बजेर १२ मिनेटदेखि दिउँसो २ बजेर ३० मिनेटसम्म लाभ बेला ।
दिउँसो २ बजेर ३१ मिनेटदेखि दिउँसो ३ बजेर ४८ मिनेटसम्म अमृत बेला ।
दिँउँसो ३ बजेर ४९ मिनेटदेखि बेलुकी ६ बजेर ४८ मिनेटसम्म चर बेला ।
नोट शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान ७ बजेर ५७ मिनेटदेखि बिहान ९ बजेर १५ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रम्हा मुहुर्त
बिहान ५ बजेर ०४ मिनेटदेखि बिहान ५ बजेर ५२ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अं) अनावश्यक विषयमा विवादमा फस्ने योग रहेको छ, ख्याल गर्नुहोला । सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला, दुर्घटना हुने योग रहेकोछ । स्वास्थ्यमा समस्या आई दैनिक कामहरु प्रभावित हुने हुनाले आर्थिक संकटको सामना गर्नु पर्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दापछि परिनेछ । आफन्त तथा दिदिबहिनीसँग सामान्य कुरामा मनमुटाव बढ्नेछ । र, पनि खेलकुद तथा पराक्रमी क्रियाकलापमा सामेल हुन पाइनेछ ।
बृष .(इ,ऊ,ए,ओ,वा,वि,वु,वे,वो) अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ–नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । व्यापार व्यवसायबाट नाँफा कमाउन सकिनेछ भने यात्राको तय गर्न सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतित गर्दा खुशी भएको महशुस गर्नेछन् । भेटघाट, खानपान, खेलकुद तथा मनोरञ्जनमा समय व्यतित हुनेछ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) बिछोड भएका आफन्तहरुसँग भेट घाटले मन प्रफुल्लित हुनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरु बढ्नेछन् । सरकारी कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । प्रेममा नजिक हुने योग रहेकोछ । पुराना ऋण तथा रोगबाट छुटकारा पाईने समय रहेकोछ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाइनेछ । खेल क्षेत्रसँग सम्बन्धित सामानको व्यापार वा खेलक्षेत्रमा प्रत्यक्ष सहभागी हुने अवसर प्राप्त हुनेछ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) सवारी साधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला, अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुनेछ । खान पिन तथा बाहिही वातावरणको ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । साझपख भेटघाट, खेलकुद, खानपान तथा मनोरञ्जनमा समय व्यतित हुनेछ । व्यापारमा उल्लेख्य बृद्धि हुनेछ ।
सिहं (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) स्वास्थ्य सम्बन्धी समस्या आई काम गर्न बाधा हुनेछ ध्यान दिनुहोला । आमा, आफन्त तथा साथीभाईबाट टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । राजनीतिमा आलोचना गर्नेहरु सक्रिय भएर लाग्नेछन् । अध्ययनमा समय दिन सकिने छैन भने बौद्धिक समारोहमा भाग लिने अवसर आए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । र, पनि साझपख कृषि क्षेत्रमा गरिएको लगानी भने फस्टाएर जानेछ । उपाहार प्राप्तीको योग रहेकोछ ।
कन्या (टो,पा,पि,प्ु,ष,ण,ठ,पे,पो) छोटो तथा रमाइलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाईला तथा मन मिल्ने साथीभाईहरु भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमुलक विषयमा मन जानेछ । आम्दानी बढाउन गरिने कामहरु समयमा नै सम्पन्न गरी आर्थिक स्थिती मजभुत पार्न सकिनेछ । दाजुभाईको सहयोगले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । विवादित विषयहरु तपाईंकै पक्षमा आउने हुँदा मन प्रशन्न रहनेछ । साझपख सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) समयमा काम गर्न सकिने भएपनि नतिजाको लागि केही समय कुर्नु नै पर्नेछ । आफन्त तथा कुटुम्बसँग अनावश्यक विषयमा विवाद हुने तथा टाडिनु पर्ने बाध्यता आउनेछ । बोल्दा ख्याल गर्नुहोला बोलीको गलत अर्थ लगाई आलोचना गर्नेहरु सक्रिय हुनेछन् । पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछि परिनेछ । साझपख होटल तथा रेष्टुरेन्टको व्यवसायबाट भनेजस्तो आम्दानी हुनेछ । छोटो तथा रमाईलो यात्राको तय हुनेछ ।
बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) चलचित्र तथा मनोरञ्जन क्षेत्रमा समय बित्नेछ । गीत संगीत तथा मोडलिङमा विशेष चासो बढ्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात लाग्नेछ । व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ भने आर्थिक क्षेत्र मजभुत रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुले पद प्राप्तीको योग बन्नेछ । प्रणय सम्बन्धमा सुधार भएर जानेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । योग, ध्यान तथा खेलकुदमा मन जानेछ ।
धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) कामको शिलशिलामा लामो दुरिको यात्रा हुने योग रहेकोछ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर श्रम गर्नेहरुका लागि आजको दिन फलदायी रहनेछ । काम गर्दा विशेष ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुने योग रहेकोछ । स्वास्थ्यमा समस्या आउने तथा आफन्तहरु टाडिनेछन् । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । साझपख राजनीति तथा सामाजिक कामबाट लाभ लिन सकिनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु, खे,खो,गा,गी) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् भने श्रमको उचित मूल्यांकन होला। शैक्षिक गुणस्तरमा बृद्धि गर्न सकिनेछ भने नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। दाजुभाई तथा आफन्तकाहरुले सहयोग गर्नेछन् भने सवारी साधन प्राप्तिको गतिलो योग रहेकोछ । भविश्यका लागी काम गर्न सकिने समय रहेकोछ । प्रेमको डोरो कसिलो भएर जानेछ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दां) सम्मानित काम गरी सबैको मन जित्न सकिनेछ भने व्यापार व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ । नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । पारिवारिक माहोलमा भेला भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । परिवारजनको सहयोगले महत्वपूर्ण कामहरु बन्ने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरु भन्दानिकै नै अगाडी बढी पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) काम बिग्रने तथा मान सम्मानमा आघात पुग्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यावसायमा मन्दी आउनेछ । पढाइ लेखाइ तपाईं आफ्नै कारणले बिग्रनेछ । धर्म तथा अध्यात्मतिर चासो रहे पनि गलत व्यात्तिहरुले प्रयोग गर्न सक्छन्, ध्यान दिनुहोला । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला समस्या आउन सक्छ । साझको समय राम्रो रहेकोले शैक्षिक यात्रा भने फलदायी रहनेछ । भेटघाट, खेलकुद, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
–ज्योतिषी दुर्गा प्रसाद भण्डारी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी च्याम्पियन्स ट्रफी र भारत भ्रमणका लागि इङ्ल्यान्डको टोली घोषणा
-
कास्की जिल्ला अदालतमा रविसहित ४४ जनाविरुद्ध मुद्दा दायर हुँदा के–के प्रमाण तथा कागजातहरु बुझाइयो ? (सूचीसहित)
-
मन्त्रीहरूको कार्यशैलीमा हस्तक्षेप गर्न प्रधानमन्त्रीलाई एमालेभित्र चर्को दबाब
-
रवि लामिछानेको बयान : ‘गोरखा मिडियाको चेक जारी गर्नुमा जीबी राईकै नियन्त्रण हुन्थ्यो’
-
छविलालको बयान : जीबी र रविले टिभी खोल्ने प्रस्ताव ल्याएका हुन्
-
सूर्यदर्शन सहकारी ठगी प्रकरण : दीपेश पुनविरुद्ध किन चल्यो मुद्दा ?