गढी गाउँपालिकामा कडा टक्कर : पहिलो र तेस्रोबिच मात्र ४ मतको अन्तर
आइतबार, १६ मङ्सिर २०८१, २३ : ३९
काठमाडौँ । सुनसरीको गढी गाउँपालिका–६ मा भएको वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार तेतर साहुले ४८६ मत ल्याउँदै अग्रता बनाएका छन् ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार कुशेश्वर खेरवार ४८३ मतसहित दोस्रो स्थानमा उक्लिएका छन् । नेकपा एमालेका शन्तु उराव ४८२ मतसहित तेस्रो स्थानमा छन् । राप्रपाकी कविता कुमारी उरावले ६० मत प्राप्त गरेकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका शशिकुमार साहुले २१ मत तथा जनमत पार्टीका सीताराम यादवले २० मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला
-
सुस्तावासीलाई एक वर्ष निःशुल्क बिजुली
-
‘लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ’
-
१० बजे १० समाचार : हिरासतमा रवि, संसद्मा अध्यादेशबारे निर्णय भोलि