कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै
आइतबार, १६ मङ्सिर २०८१, २३ : ०२
![कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै](https://rpcdn.ratopati.com/media/albums/matganana-cartoon-mataganana_xZNen2WTMp.jpg)
काठमाडौँ । कन्काई नगरपालिका–६ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारले अग्रता बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार चापाकल चुनाव चिह्न पाएका स्वतन्त्र उम्मेदवार लक्ष्मी प्रसाद ओलीले ३२६ मतसहित अग्रता बनाइरहेका छन् ।
नेकपा एमालेका तुलाराम बस्नेतले २३२ मत ल्याउँदै उनलाई पछ्याइरहेका छन् । नेपाली कांग्रेसका रामगोपाल ओलीले २ १८ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेश बहादुर थापाले १७५ मत ल्याएका छन् ।
मंगोल नेसनल अर्गनाइजेसनका पदमबहादुर तामाङले १५ मत पाएका छन् । राप्रपाका नारायण प्रसाद निरौलाले १७ मत तथा जनमत पार्टीका शुकलाल राजवंशीले ८ मत ल्याएका छन् । नागरिक उन्मुक्ति पार्टीकी जमुना राजवंशीले ३ मत ल्याएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता