बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

जय शाहले आईसीसी अध्यक्षको पदभार ग्रहण, ३६ वर्षीय शाह सबैभन्दा कान्छो प्रमुख

आइतबार, १६ मङ्सिर २०८१, २३ : ०३
आइतबार, १६ मङ्सिर २०८१

नयाँ दिल्ली । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् अर्थात आईसीसीको अध्यक्षको पदभार ग्रहण गरेका छन् । ३६ वर्षीय जय शाह न्युजिल्यान्डका ग्रेग बार्कलेको स्थानमा आइसीसीको सबैभन्दा कान्छो अध्यक्ष बनेका छन् ।

आईसीसीले एक सामाजिक सञ्जाल पोस्टमा यो जानकारी दिएको हो । संस्थाले आइतबार लेखेको छ- आईसीसी अध्यक्षमा जय शाहको कार्यकाल सुरु भएसँगै विश्व क्रिकेटको नयाँ अध्याय सुरु भएको छ । शाहले पदभार ग्रहण गरेपछि पहिलो विज्ञप्ति जारी गर्दै विभिन्न ढाँचाको क्रिकेटको प्रवर्द्धन र महिला क्रिकेटलाई थप गति दिने हाम्रो प्राथमिकता रहेको बताए । शाहले भने, ‘आईसीसी अध्यक्षको भूमिकामा छनोट भएकोमा निर्देशक र सदस्य बोर्डको समर्थन र विश्वासका लागि म आभारी छु । 

अध्यक्ष ग्रेग बार्कलेको कार्यकाल नोभेम्बर ३० मा समाप्त भएको थियो । उनी २०२० देखि यो पदमा थिए। आईसीसीले अगस्ट २० मा बार्कले तेस्रो कार्यकाल नखोज्ने जानकारी दिएको थियो । त्यसपछि नयाँ अध्यक्षका लागि आवेदन आह्वान गरिएको थियो । उम्मेदवारी दर्ता गर्ने अन्तिम मितिसम्म जय बाहेक अरु कसैले पनि उम्मेदवारी दर्ता गरेका थिएनन् । यस्तो अवस्थामा उनी निर्विरोध निर्वाचित भए ।

जय शाह आईसीसीका १६ अध्यक्षमध्ये सबैभन्दा कान्छो हुन्। यसअघि नियुक्त भएका १५ अध्यक्ष सबै ५५ वर्षभन्दा माथिका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप