कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार अगाडि
आइतबार, १६ मङ्सिर २०८१, २२ : ३१

काठमाडौँ । कन्काई नगरपालिका–६ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारले अग्रता बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार चापाकल चुनाव चिह्न पाएका स्वतन्त्र उम्मेदवार लक्ष्मी प्रसाद ओलीले १६४ मतसहित अग्रता बनाइरहेका छन् ।
नेकपा एमालेका तुलाराम बस्नेतले १ सय २५ मत ल्याउँदै उनलाई पछ्याइरहेका छन् । नेपाली कांग्रेसका रामगोपाल ओलीले १ सय ४ मत ल्याएका छन् ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेश बहादुर थापाले ८५ मत ल्याएका छन् । मंगोल नेसनल अर्गनाइजेसनका पदमबहादुर तामाङले ९ मत पाएका छन् । राप्रपाका नारायण प्रसाद निरौलाले ७ मत तथा जनमत पार्टीका शुकलाल राजवंशीले ३ मत ल्याएका छन् ।
नागरिक उन्मुक्ति पार्टीकी जमुना राजवंशीले खाता खोल्न सकेकी छैनन् ।