चेल्सीको जित, स्पर्स रोकियो
लण्डन । कोल पाल्मर चम्किँदा चेल्सीले प्रिमियर लिगमा एस्टन भिल्लामाथि सहज जित हासिल गरेको छ । आइतबार भएको खेलमा चेल्सी ३–० गोलले विजयी बनेको हो । भिल्ला पछिल्ला ८ खेलमा जितविहीन रहेको छ ।
खेलको सातौँ मिनेटमा निकोलस ज्याक्सनले चेल्सीलाई अग्रता दिलाए । ३६ औँ मिनेटमा पाल्मरले एन्जो फर्नान्डेजका लागि गोलको अवसर सिर्जना गरे ।
दोस्रो हाफको अन्त्यतिर पाल्मर आफैले गोल गर्दै टोलीलाई सहज जित दिलाए । सिजनमा उनको यो आठौँ गोल थियो ।
जितपछि चेल्सीले १३ खेलबाट २५ अङ्क बटुलेको छ । अङ्क बराबर भए पनि टोली आर्सनलपछि तेस्रो स्थानमा छ ।
उता, टोटनह्याम हटस्पर्स भने फुलहमसँग १–१ को बराबरीमा रोकिएको छ । खेलको ५४ औँ मिनेटमा ब्रेनान जोनसनले स्पर्सलाई अग्रता दिलाएका थिए ।
तर, १३ मिनेटपछि नै टम केर्नीले फुलहमका लागि बराबरी गोल फर्काए । खेलको अन्त्यतिर उनी रातो कार्ड खाँदै बाहिरिनुपरेको थियो ।
स्र्पस १३ खेलबाट २० अङ्क बटुल्दै लिगको सातौँ स्थानमा रहेको छ । फुलहम १९ अङ्कसहित १० औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता