उपनिर्वाचन
रुन्टीगढी गाउँपालिका–४ मा कांग्रेसका पुन विजयी
आइतबार, १६ मङ्सिर २०८१, २१ : १७

बुटवल । रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा नेपाली कांग्रेसका उम्मेदवार भुपमणी पुन मगर विजयी भएका छन् । आइतबार भएको स्थानीय तह उपनिर्वाचनको सार्वजनिक मतपरिणाम अनुसार उनले ६४३ मत ल्याएर विजयी भएका हुन् ।
नेकपा एमालेका वेगम पुनले ५३५ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ।
यस्तै नेकपा माओवादीका नरेशजंग सिंहले ७० मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका पहल बहादुर वलीले १० मत प्राप्त गरेका छन् ।
जम्मा १९०० मतमध्ये १२९७ खसेकोमा २१ मत बदर भएको हो । उपनिर्वाचनमा कांग्रेस उम्मेदवार भुपमनी पुन १०८ मतान्तरले विजय भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुनेवाला पतिसँग घुम्न गएकी युवतीको मृत्यु
-
शिक्षकहरूले प्रधानमन्त्री र सभामुखसँग मात्रै वार्ता गर्ने
-
म्युजिक अवार्ड : को बन्लान् उत्कृष्ट गायिका ? (मनोनयन सूचीसहित)
-
भारतीय नेताहरू केसी त्यागी र सुधीन्द्र भदोरिया नेपालमा
-
सरकारलाई थप दबाब दिन आजदेखि शैक्षिक हडताल
-
चैत्र नवरात्र : दसैँ, छठ र रामनवमीको सँगालो