चीनमा विश्वको सबैभन्दा ठूलो सुनको भण्डार फेला

हुनान । चीनको हुनान प्रान्तमा विश्वको सबैभन्दा ठूलो सुनको भण्डार फेला परेको छ । सिन्ह्वा समाचारका अनुसार हुनानको पिङ्जियाङ काउन्टीमा एक हजार मेट्रिक टन उच्च गुणस्तरको सुन हुन सक्छ। यसको मूल्य ८३ अर्ब डलरभन्दा बढी अनुमान गरिएको छ।
विज्ञ चेन रुलिनका अनुसार धेरै ड्रिल गरिएको चट्टानको कोरमा सुन स्पष्ट रूपमा देखिन्छ। यो दक्षिण अफ्रिकाको साउथ डीप खानीमा ९०० मेट्रिक टनभन्दा बढी सुन हो।
रिपोर्टका अनुसार पिङजियाङ काउन्टीमा ४० भन्दा बढी सुनका खानी फेला परेका छन्। यसअघि यहाँ ३ सय मेट्रिक टन सुन रहेको भौगर्भिकहरूले अनुमान गरेका थिए । तर, पछि थ्रीडी मोडलिङ प्रयोग गर्दा सुनको दरारको गहिराई ३ हजार मिटरसम्म रहेको पत्ता लागेको थियो । यसमा अनुमानभन्दा ७ सय मेट्रिक टन बढी सुन रहेको छ ।
चिनियाँ अधिकारीहरूले यहाँ थप अनुसन्धान गरिरहेका छन्। यसको खोजी गर्ने हुनान गोल्ड कर्पोरेशनका अनुसार धेरै गहिराइका कारण खानीमा कति सुन छ भन्ने थाहा हुन सकेको छैन । जसका कारण मूल्य कति हुन्छ भन्न सकिन्न ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी ठगी विषयमा पूजा : म दोषी छैन, दोषीलाई कारवाही होस्
-
भारतमा असिना पानीका कारण २५ जनाको मृत्यु
-
तोकिएको समयमा टुङ्गिएन कांग्रेसको क्रियाशील सदस्यता नवीकरण
-
एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित
-
सेमिना मगर मेमोरियल खुला कराँते प्रतियोगिता सुरु
-
पत्रकारलाई थुन्ने कानुन अस्वीकार्य : युनियन अध्यक्ष लम्साल