गोरखा–५ को मतगणना : ३ सय मत गन्दा कसले कति पाए ?
आइतबार, १६ मङ्सिर २०८१, २० : ५१

काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तरगत गोरखा नगरपालिका वडा नम्बर ५ को मतगणना जारी रहेको छ ।
ताजा मतपरिणामअनुसार कांग्रेसका भाइकाजी आलेले १०२, माओवादीका विष्णु रानाले ९६ र एमालेकी दुर्गा मगर ७९ मत पाएका छन् ।
यसैगरी रास्वपाका मंगलबहादुर थापा १३ मत ल्याएर गणना जारी रहेको छ ।