शनिबार, ३० चैत २०८१
ताजा लोकप्रिय

पुथा उत्तरगंगा गाउँपालिका उपनिर्वाचन :  मतपेटिका पालिकाको केन्द्रसम्म पुर्‍याउन ६ घण्टा पैदल, तीन घण्टा गाडीको यात्रा

राति ३ बजेसम्म  मतपेटिका पुग्ने अनुमान
आइतबार, १६ मङ्सिर २०८१, २० : ४२
आइतबार, १६ मङ्सिर २०८१

रुकुमपूर्व । भौगोलिक विकटताले ठगिएको लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वकाे पुथा उत्तरगंगा गाउँपालिकाको विभिन्न वडामा अझै सडक पुग्न सकेको छैन । वडा नम्बर-२ पेल्मादेखि नागरिकलाई पालिकाको केन्द्रसम्म पुग्न ६ घण्टा पैदल र वडा नम्बर-५ हुकामदेखि करिब तीन घण्टा गाडीको यात्रा गर्नुपर्छ। 

आइतबार बिहान ७ बजे देखि सुरु भएको मतदान साँझ ५ सकिएको हो । निर्वाचन कार्यालय रुकुमपूर्वका सहायक निर्वाचन अधिकृत ईश्वरीप्रसाद सुवेदीका अनुसार ५ हजार नौ सय ३१ मत खसेको छ । 

यता वडा नम्बर २ पेल्मादेखि तीन वटै निकायकाे सुरक्षाकर्मीको निगरानीमा साँझ ६ बजे मतपेटिका लिएर पैदल हिँडेको सुवेदीले जानकारी दिए । राति ३ बजेसम्म सकेसम्म सबै मतपेटिका पालिकाको  केन्द्र तकमा पुग्ने र सबै मतपेटिका पुगे पश्चात् भोलि बिहान ७ बजे सर्वदलीय बैठक बस्ने र सोमबार बिहान १० बजेदेखि मत गणना हुने जानकारी दिए ।

गत भाद्र २८ गते  काठमाडौँदेखि रुकुमपूर्व फर्किँदै गर्दा बाग्लुङकाे भङखानीमा रा १ झ २०० नम्बर प्लेटकाे सरकारी  गाडी पालिका उपाध्यक्ष भूपेन्द्रा बुढा र वडाध्यक्ष जसबहादुर शेर्पालीसहित उपाध्यक्षकी आमा गाेपिमाया बुढाकाे निधन भएको थियो । 

सोही गाउँपालिकाको रिक्त दुई पदमा उपनिर्वाचन हुँदा वडा नम्बर २ मा नेकपा एमालेले उम्मेदवारी फिर्ता लिए पछि नेकपा माओवादी केन्द्रका उम्मेदवारी जगत घर्ती काजु निर्विरोध निर्वाचित भएका छन्। उपाध्यक्ष पदमा कांग्रेस-एमालेको गठबन्धनबाट केशकुमारी तुलाचन र माओवादी केन्द्रकी नरपुरा बुढा पुनबिच प्रतिस्पर्धा भएको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप