बुधबार, २७ चैत २०८१
ताजा लोकप्रिय

मोलुङ –५ मा एमालेको अग्रता कायमै

आइतबार, १६ मङ्सिर २०८१, २० : २५
आइतबार, १६ मङ्सिर २०८१

काठमाडौँ । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा भएको मतगणनामा नेकपा एमालेले अग्रता कायमै राखेको  छ । 

तीन सय मत गन्दा नेकपा एमालेका उम्मेदवार गंगाबहादुर तामाङले १ सय ५३मत प्राप्त गर्दै अग्रता लिएका हुन् । 

दोस्रो नेपाली कांग्रेसका उम्मेदवार घनश्याम दाहालले ७० मत प्राप्त गरेका छन् ।

 रास्वपा उम्मेदवार विष्णु प्रसाद पोखरेलले ५८ मत प्राप्त गर्दै तेस्रो स्थान बनाएका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार मान बहादुर सुनुवारले ७ मत प्राप्त गरेका छन् ।

मतगणनामा एमालेले अग्रता लिएपछि कांग्रेसका उम्मेदवार र प्रतिनिधि मतगणनास्थल छाडेर हिँडेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप